२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

आज काठमाडौं महानगरसहित सबै वडा डेंगु नियन्त्रण अभियानमा

प्रकाशित मिति : २०८२ भाद्र ६ गते

काठमाडौं / राजधानीमा डेंगुको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एकदिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ । ‘वाक एन्ड एक्ट’ नाम दिइएको यो बृहत् अभियान बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु भई महानगरका सबै वडाहरूमा एकैसाथ अघि बढाइएको हो ।

अभियानका क्रममा डेंगु सार्ने लामखुट्टेको बासस्थान र लार्भा ‘खोज र नष्ट गर’ कार्यक्रमलाई तीव्रता दिइएको छ । साथै, सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना फैलाउन माइकिङसमेत गरिएको महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

विभागका प्रमुख दीपक कुमार केसीका अनुसार, गत साउन २७ गतेको विभागीय निर्णयबमोजिम महानगरका सबै ३२ वटै वडामा एकैपटक, एकै समयमा यो अभियान सञ्चालन गरिएको हो । यसले डेंगु नियन्त्रण प्रयासलाई थप प्रभावकारी र व्यापक बनाउने अपेक्षा गरिएको छ ।

यसअघि महानगरले हरेक हप्ताको शुक्रबार यस्तै प्रकृतिको सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर, डेंगुको जोखिम बढेसँगै यसलाई थप प्रभावकारी बनाउन आज एकैदिन सबै वडालाई समेटेर ‘मेगा अभियान’कै रूपमा अघि बढाइएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22