२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

निजी विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा

प्रकाशित मिति : २०८२ भाद्र १३ गते
Sketch

काठमाडौं / निजी विद्यालय सञ्चालकहरुले भदौ १८ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग राख्दै आन्दोलनरत निजी विद्यालयहरुको छाता संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबारसंयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै भदौ १८ गते देखि विद्यालय बन्द गर्ने जनाएका हुन् ।

निजी विद्यालय सञ्चालकहरुले निजी विद्यालयल गैरनाफा मूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । विद्यालय सञ्चालकहरुले भदौ १२ गते बृहत खबरदारी सभा गर्ने,भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि तयारी बैठक गर्ने र भाद्र १६ गते देशैभरिका स्कूलबसहरूमा कालो झण्डा र व्यानर सहित परिक्रममा गर्ने धोषणा गरेका छन् । त्यस्तै १७ गते सम्म सरकारले आफूहरुको माग सम्बोधन नगरे भदौ १८ गते देखि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ ५ गते विद्यालय शिक्षा विधेयक पास गरी संसदमा दर्ता गरेको छ । जसमा निजी लगानीका विद्यालयहरूले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क, शिक्षा सामग्री, पोशाक, यातायात लगायत विद्यालयले दिने शुल्कमा पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ । आवासीय सुविधा भएका विद्यालयहरूले आवासीय क्षमताको ३ प्रतिशत बेड विपन्न वर्गलाई छात्रवृत्तिका रूपमा उपलब्ध गराउनुपर्नेछ ।

विधेयकमा निजी विद्यालयहरूले दिने न्यूनतम १० प्रतिशत छात्रवृत्तिको कार्यान्वयन स्थानीय तहहरूले गर्ने र उनीहरूले आफ्नो क्षेत्र भित्रको निजी विद्यालयमा छात्रवृत्तिको कोटामा विद्यार्थीहरूको परीक्षा लिएर छनोट गरी विद्यार्थीलाई पठाउनुपर्ने प्रावधान राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61