२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026
२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राजनीति समाजसेवा हो, पेशा बनाउनु हुँदैन – मुख्यमन्त्री बानियाँ

प्रकाशित मिति : २०८२ भाद्र १८ गते

– बबिलाल तामाङ
चितवन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने किसिमले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

चितवन उद्योग संघको ३४ औँ वार्षिक साधारण सभा एवम् १८ औँ अधिवेशन र चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनका अवसरमा मुख्यमन्त्री बानियाँले सो कुरा बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

मुख्यमन्त्री बानियाँले सरकारद्वारा निर्धारित कार्ययोजनालाई कार्यान्वयन गर्दै प्रदेशलाई समृद्ध बनाइने धारणा राख्दै प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई आवश्यक सहयोग गर्ने बताए ।

बागमती प्रदेशको समग्र विकास गर्दै औद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि ठोरीनाका सञ्चालनमा ल्याउन संघीय सरकारसँग पहल गर्ने र शक्तिखोर औद्योगिक क्षेत्रलगायतका गौरवका योजनाहरु उद्योग, खानेपानी, हाइड्रोपावर, सिंचाइ, पर्यटन गौरवका योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले सानातिना आयोजना स्थानीय सरकारलाई सुम्पने बताए ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले राजनीतिलाई पेसा बनाउनु नहुनेमा जोड दिए । उनले थपे, ‘राजनीति भनेको समाजसेवा हो । पेसा भनेको जीवन चलाउन राज्यले ठीक ठानेको काम हो । राजनीति गर्नेले पनि गरीखान पाउनुपर्छ । तर, राजनीतिलाई पेसा बनाउनु हुँदैन ।’

उनले गणतन्त्र आयो भन्दैमा जे पनि बोल्न कसैलाई छूट नभएको र यो देशमा कानुन र न्याय पनि भएको बताए । उनले भने, ‘हरेक व्यक्तिको आत्मसम्मान छ, आत्मसम्मानमा ठेस लाग्नेगरी बोल्ने अधिकार कसैलाई छैन ।’

आफूबाट गल्ती भए सच्चिने र सच्याएर अघि बढ्नुपर्ने उनको सुझाव थियो । सबै नागरिक सचेत भएकाले गलत भाष्यले नेपाल नबन्ने उनको जिकिर थियो ।

उनले उद्योग संघको समस्यालाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग संघ गरीखानेहरुको संस्था भएकोले प्रदेश सरकारले मद्दत गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा चितवन उद्योग संघ, गभर्निङ काउन्सिलका उपाध्यक्ष एवम् चितवन औद्योगिक विकास साकोसका पूर्वअध्यक्ष राजु पौडेल, चितवन उद्योग संघका पूर्वअध्यक्ष मण्डलका अध्यक्ष एवम् चितवन औद्योगिक विकास साकोसका पूर्वअध्यक्ष तथा प्रमुख सल्लाहकार त्रिलोचन कँडेललगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका कार्यवाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित श्री रामजानकी बालिका आश्रम, देवघाटमा आश्रित वालिकाहरुले स्वस्ती वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले चितवन उद्योग संघको विगत र वर्तमान भएका गतिविधिहरुको प्रस्तुतीकरण दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97