Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सेनाद्वारा देशभर कर्फ्यु आदेश जारी, अराजक गतिविधिमाथि कडा कारबाही

प्रकाशित मिति : २०८२ भाद्र २५ गते
file photo.

काठमाडौं / देशको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । बढ्दो अराजकता र हिंसात्मक गतिविधिको नियन्त्रणका लागि आजदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू घोषणा गरिएको हो ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्ने दायित्व पूरा गर्न पुऱ्याई रहनुभएको सहयोगका लागि नेपाली सेना सबै राष्ट्रवासीहरूप्रति कृतज्ञता ज्ञापन गर्दछ ।’

- ADVERTISEMENT -

Advertisement

आन्दोलनको नाममा भइरहेका विभिन्न अराजक गतिविधिप्रति गहिरो दुःख व्यक्त गर्दै सेनाले यस्ता अपराधजन्य कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सेनाका अनुसार, आन्दोलनको आडमा विभिन्न अराजक व्यक्ति तथा समूहहरूले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित हिंस्रक आक्रमण र बलात्कार प्रयासजस्ता जघन्य क्रियाकलाप गरिरहेको तथा यस्ता गतिविधि अझै बढ्न सक्ने सम्भावना रहेको छ । सेनाले यस्ता कार्यलाई दण्डनीय अपराधका रूपमा लिई सुरक्षाकर्मीबाट कडा कारबाही हुने स्पष्ट पारेको छ ।

कर्फ्यूको समयमा पनि अत्यावश्यक सेवाका सवारी साधनहरू (एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू) भने सञ्चालन हुन पाउनेछन् । सेनाले आवश्यक सहजताका लागि नजिकका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सबैलाई अनुरोध गरेको छ ।

यस क्रममा, नेपाली सेनाले सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, सबै सेवाका राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकहरूलाई अफवाहको पछाडि नलागी आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न आग्रह गरेको छ । सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै जनजीवन सामान्य बनाइराख्ने दायित्वमा निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।

सेनाले विषम परिस्थितिमा सबै नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहेको भन्दै परिस्थितिको जिम्मेवारी बहनमा सक्रिय सुरक्षाकर्मीहरूलाई सहयोग पुऱ्याउन हार्दिक अपिल गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05