२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

संसद विघटनको विषयमा निर्णायक वार्ता सुरु

प्रकाशित मिति : २०८२ भाद्र २७ गते

काठमाडौं / प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति कार्यालय शीतल निवास प्रवेश गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति सिग्देल र जेनजी समूहबाट प्रधानमन्त्रीका लागि प्रस्तावित सुशीला कार्कीसहितको निर्णायक बैठक सुरु हुन लागेको स्रोतले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

संसद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्पबारे छलफल गर्न बैठक बोलाइएको हो । स्रोतका अनुसार जेनजी समूह र राष्ट्रपति कार्यालयबीच अन्य विषयमा सहमति जुटिसकेको भए पनि संसद विघटनको विषयमा भने पेचिलो अवस्था सिर्जना भएको छ ।

जेनजी समूह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले संसद विघटनलाई बटमलाइन बनाएका छन् । तर राष्ट्रपति पौडेल त्यसमा सहज देखिएका छैनन् । यही विषयमा सहमति जुट्न नसक्दा राजनीतिक प्रक्रियामा अन्योल बढेको स्रोतहरूको भनाइ छ ।

बिहीबार राति अबेरसम्म चलेको बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्री बनाउने सहमति जुटिसकेको बताइएको छ । तर, संविधानको कुन धारामा प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा अन्योल कायमै रहेको छ ।

संसद विघटन नगरी प्रधानमन्त्री नियुक्त गर्दा संवैधानिक जटिलता हुने र संसद विघटनका लागि पर्याप्त कानूनी आधार नरहेको देखिएपछि प्रक्रिया अन्योलमा परेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83