२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

खेलकुद महोत्सवमा एकैदिन ५० हजार दर्शकको अवलोकन

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते

चितवन / नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवमा शनिबार दर्शकको घुँईचो लागेको छ । पाँचौ दिन आज मात्रै ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार एकैदिन ५० हजार भन्दा बढी टिकट बिक्री भएको छ । अपेक्षा भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए । हालसम्म करिब एक लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले पनि शनिबारै महोत्सव अवलोकन गरेकी छन् । मेयर दाहाल र उपमेयर चित्रसेन अधिकारीलगायतले महोत्सव अवलोकन गरेका हुन् । महोत्सवमा बिशेष गरी लन्डन ब्रिज, दुबै सिटी, बुर्ज खलिफा, बुर्ज अल अरबलगायतले दर्शकहरुलाई आकर्षित गरेको छ ।

यता पाँचौ दिन आज चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी छिन् । गायिका प्रितीले आफ्ना चर्चित गीत गाउँदा दर्शकहरु झुमेका थिए । महोत्सवमा आज (आइतबार) चर्चित गायिका एन्जिला रेग्मी र नेपाल आइडल सिजन ६ की प्रतिस्पर्धी दर्शना गन्धारी आउनेछिन् ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच महोत्सवमा शनिबारबाट नै कराँते खेल सुरु भएको छ । यसअघि भलिबल खेल सम्पन्न भइसकेको छ भने तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । मंसिर २ गतेसम्म चल्ने महोत्सवमा तीन सय भन्दा बढी स्टलहरु रहेका छन् ।

महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा हरेक दिन नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६ः३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51