भीमनगर । तमु प्ये ल्हु संघ जिल्ला शाखा चितवनको आयोजनामा तमु प्ये ल्हु संघ भीमनगर इकाई समितिले ल्होसार पर्व मनाउने तयारी गरेको छ । ल्होसारका लागि तयारी तिब्र गतिमा भइरहेको बिहीबार पत्रकार भेटघाटमा अध्यक्ष जगतबहादुर टु तमू गुरुङले बताएका छन् ।
पत्रकार भेटघाटमा बोल्दै राज्यले दिएको सार्वजनिक विदा ल्होसार कटौती गरेर आदिवासी जनजातिलाई अन्याय गरेको अध्यक्ष गुरुङले आरोप लगाए । आदिवासी जनजातिहरुको हक अधिकार राज्यले बन्चित गरे पनि हाम्रो आन्दोलन जारी नै रहेको उनले बताए । सम्पूर्ण जनजातिहरुलाई आफ्नो हक अधिकारको लागि अझै सशक्त रुपमा एकताबद्ध तरिकाले आन्दोलन पर्ने अवस्था आएको अध्यक्ष गुरुङको भनाइ थियो ।
संघद्वारा भरतपुर महानगरपालिका वडा नं. २० स्थित भीमनगरमा खैकुन क्वोइबो नाम दिइएको संरचना निर्माण गरिएको छ । उक्त संरचनाको पुस १४ गते ल्होसार पर्वमा उद्घाटन गरिने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार जग्गाबाहेक करिब ६० लाख खर्च भएको र स्थानीयस्तरबाटै सो रकम संकलन गरिएको हो । चितवनमा हालसम्म ४ वटा क्वोइबो निर्माण गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
तमू प्ये ल्हु संघ चितवनले पुस १४ गते सोही क्वोइबो सम्पूर्ण तमूहरु भेला भई ल्होसार यहाँ मनाउन गइरहेको र पुस १५ गते विशेष दिन आ–आफ्नै इकाईमा भव्य रुप मनाउने तयारी भइरहेको केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङले जानकारी गराए । पुस १२ गते जिल्ला कार्य समिति चितवनले भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको उनले बताए ।
- ADVERTISEMENT -

ल्होसारको दिन ‘खैकुन क्वोइबो’को उद्टघान हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











