Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पश्चिममा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

प्रकाशित मिति : २०८२ माघ १४ गते
File photo.

काठमाडौं / नेपालमा सक्रिय भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार सुदूरपश्चिमदेखि पूर्वसम्मै वर्षा र हिमपात भएको छ । मंगलबार साँझ सुदूरपश्चिमबाट भित्रिएको यो मौसमी प्रणालीले विशेषगरी पहाडी र तराईका भूभागमा वर्षा गराएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको सबैभन्दा तीव्र प्रभाव सुदूरपश्चिम प्रदेशमा देखिएको छ । पछिल्लो १२ घण्टामा डडेलधुरामा सबैभन्दा धेरै २९।६ मिलिमिटर वर्षा मापन गरिएको छ । हिजो साँझबाटै सुरु भएको वर्षा राति झनै सशक्त बनेको थियो । हाल यो प्रणाली क्रमशः पूर्वतर्फ सरिरहेकाले अहिले कर्णाली र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा बढेको विभागले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल छिटो गतिमा पूर्वतिर सर्दै गरेकाले यसको प्रभाव कोशी प्रदेशसम्मै पुग्ने देखिएको छ । ‘बादल पूर्वतर्फ सर्ने क्रम जारी छ,’ पौडेलले भने, ‘सुदूरपश्चिममा वर्षा कम हुँदै गए पनि मध्य र पूर्वी भेगमा यसको प्रभाव देखिन थालेको छ ।’

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज बिहानैदेखि बादल लागेको छ । विभागका अनुसार काठमाडौंमा आज घाम लाग्ने सम्भावना निकै कम छ भने मध्याह्नपछि हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ । उपत्यकाका सबै स्थानमा एकनासको नभई छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

वर्षासँगै देशका उच्च पहाडी र हिमाली जिल्लाहरूमा मध्यमदेखि भारी हिमपात भइरहेको छ । विशेषगरी मनाङ, मुस्ताङ र पूर्वी पहाडी जिल्लाका हिमाली भेगमा हिमपात भइरहेकाले ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । मधेश प्रदेश र पूर्वी तराईका झापा लगायतका केही जिल्लाबाहेक मुलुकका अधिकांश भूभागमा आज हल्का वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ ।

मौसमी प्रणाली निकै गतिशील रहेकाले लामो समयसम्म प्रभाव नरहने देखिएको छ । विभागका अनुसार आज साँझदेखि नै वायुमण्डलको बादल हट्ने र मौसममा क्रमिक रूपमा सुधार आउनेछ । वर्षा र हिमपातका कारण देशैभर चिसो बढेकाले आवश्यक सतर्कता अपनाउन र यात्रा गर्दा विशेष ध्यान दिन मौसमविद्हरूले सुझाव दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22