२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

दुई दिनमा १२ आगलागी, ५० लाख बढीको क्षति

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते
File photo.

काठमाडौं / सुक्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार फागुन ७ गतेदेखि फागुन ८ गतेसम्म देशभर १२ वटा विपद्का घटना भएका छन् । जसमध्ये अधिकांश आगलागीका छन् । यी घटनाबाट एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्राधिकरणका अनुसार करिब ५० लाख १९ हजार ५ सय रुपैयाँ क्षति भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बकुलाछापमा विद्युतीय मिटर सर्ट भएर घर पूर्ण रूपमा जलेको छ । यसबाट अन्नपात, लत्ताकपडा, फर्निचरसहित १९ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ पिप्लेमा पनि विद्युत् सर्टबाट दुई घर जलेर १३ लाख रुपैयाँको क्षति पुगेको छ । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेमा गोठमा आगलागी हुँदा ५ खसी र २ पाठा मरेका छन् भने २ बाख्रा घाइते भएका छन् । यसबाट ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

- ADVERTISEMENT -

Advertisement

तेह्रथुमको फेदाप गाउँपालिका–२ पिपलबोटेमा खोले पकाउने आगोबाट गोठ र घर जलेर ३ लाख रुपैयाँ क्षति भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ बलमतामा पाखाबारीको आगो सल्किएर दुई खाली घर जलेका छन् । यसबाट काठपात र भाँडाकुँडासहित ६ लाख ५० हजार रुपैयाँको क्षति पुगेको छ । सिरहाको मिर्चैया नगरपालिका–९ ननुवा टोलमा ५२ वर्षीया महिलालाई ग्यास सिलिन्डरबाट आगलागी हुँदा शरीरको ३० प्रतिशत भाग पोलेर घाइते भएकी छन् । उनी स्थानीय अस्पतालमा उपचाररत छिन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ मा चिया पसलमा आगलागीबाट १ लाख ५१ हजार रुपैयाँ क्षति भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुडामा मैनबत्ती छोड्दा कोठाको सामान पूर्ण नष्ट भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ बनतडीमा घर पूर्ण रूपमा जलेको छ, क्षतिको विवरण आउन बाँकी छ ।
यी घटनामा प्रहरी, दमकल, अस्थायी प्रहरी पोस्ट, प्रचौ टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्षेपमा ५० वर्षीय पुरुष सगरमाथा आधार शिविर भ्रमणका क्रममा अचानक बिरामी परेका थिए । उनलाई लुक्ला अस्पताल पुर्‍याउँदा उपचारका क्रममा मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका–५ रिठामा ४५ वर्षीया महिला घरभित्र चट्याङ लागेर घाइते भएकी छन् । उनलाई गोकुलेश्वर अस्पताल पठाइएको छ । झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारीमा ५० वर्षीया महिलालाई जङ्गली हात्तीले आक्रमण गरी घाइते बनाएको छ । उनी अस्पतालमा उपचाररत छिन् ।

उक्त समयमा २९० वर्षा मापन केन्द्रमध्ये १४ वटामा मात्र वर्षा भएको छ । सबैभन्दा बढी १०।८ मिलिमिटर वर्षा बझाङको चैनपुर केन्द्रमा मापन भएको छ । न्यूनतम तापक्रम सबैभन्दा कम –१।८ डिग्री सेल्सियस जुम्लामा रहेको छ भने अधिकतम तापक्रम ३२।८ डिग्री सेल्सियस सिरहाको लहानमा पुगेको छ । सुक्खा र चिसो मौसमले आगलागीको जोखिम बढाएको छ । प्राधिकरणले आगलागीबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् सम्बन्धी थप सूचना तथा सन्देशका लागि आधिकारिक ट्विटर, फेसबुक र युट्युब च्यानल हेर्न सुझाव दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20