Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिका-इजरायली आक्रमण : इरानमा २०१ को मृत्यु

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले शनिबार गरेको शृंखलाबद्ध हवाई आक्रमणका कारण ठूलो मानवीय क्षति भएको छ । 

दक्षिणी इरानस्थित एउटा विद्यालयमा मिसाइल खस्दा कम्तीमा १०८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । यससँगै इरानभर भएका पछिल्ला हवाई आक्रमणहरूमा परी मृत्यु हुनेको कुल संख्या २०१ पुगेको छ भने ७४७ जना घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

अधिकारीहरूका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको उक्त विद्यालयमा तीनवटा मिसाइल बजारिएका थिए । सो विद्यालय इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर’ (आईआरजीसी) को शिविरबाट करिब ६०० मिटरको दूरीमा मात्र पर्दछ । 

अमेरिका र इजरायलको मुख्य निशाना आईआरजीसीको शिविर भए पनि नजिकैको विद्यालयमा मिसाइल खस्दा उक्त त्रासदीपूर्ण घटना हुन पुगेको हो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक हवाई हमलामै इरानका सर्वोच्च नेता अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन् । यस दाबीले मध्यपूर्वको तनावलाई थप उत्कर्षमा पुर्‍याएको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विद्यालयमाथिको आक्रमणलाई ‘जंगली र बर्बर कार्य’ को संज्ञा दिएका छन् । उनले यस घटनालाई ‘आक्रमणकारीहरूको अपराधको इतिहासमा थपिएको अर्को कालो पाना’ भन्दै कडा निन्दा गरेका छन् । यद्यपि, अमेरिका र इजरायलले विद्यालयमा भएको आक्रमणको औपचारिक पुष्टि भने गरेका छैनन् ।

घटनालगत्तै जेनेभास्थित रेडक्रस र रेड क्रिसेन्टका अधिकारीहरूले घटनास्थलतर्फ उद्धार टोली परिचालन गरिएको जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले विस्फोटपछिका केही भिडियो फुटेजहरूलाई प्रमाणीकरण गरेको छ । जसमा भग्नावशेषबाट धुवाँको मुस्लो निस्किएको, त्रसित मानिसहरूको भीड लागेको र चित्कार सुन्न सकिन्छ ।

तर, इरानले विदेशी पत्रकारहरूलाई सहजै प्रवेशाज्ञा (भिसा) नदिने भएकाले मृतकको यकिन संख्या र स्वतन्त्र तथ्य संकलनमा भने कठिनाइ भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

घटनापछि इरानी नागरिकहरूले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गरिरहेका छन् । युद्धको विरोध गर्दै आएका एक प्रवासी इरानीले मिनाबका ४० जना बालिकाहरू मिसाइल आक्रमणको शिकार भएको भन्दै बाह्य सैन्य हस्तक्षेपको कडा निन्दा गरेका छन् ।

तर, इरानी सत्ताप्रति असन्तुष्ट रहेको नागरिकको ठूलो पंक्तिले भने यो क्षतिको जिम्मेवार आफ्नै सरकारलाई समेत ठहराएको छ । 

सरकारले जनतालाई सुरक्षित आश्रयस्थल नदिएको, सञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध पारेको र युद्धको समयमा पनि विद्यालय बन्द गर्न पूर्वचेतावनी नदिएर बालबालिकालाई मृत्युको मुखमा धकेलेको भन्दै नागरिकहरूले इरानी सत्ताको चर्को आलोचना गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05