२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

इरानद्वारा रियादस्थित अमेरिकी दूतावासमा आक्रमण, सुरक्षा चुनौती झनै चुलिँदै

प्रकाशित मिति : २०८२ फाल्गुन १९ गते
file photo.

काठमाडौं / साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । साउदी अरबको रक्षा मन्त्रालयले दूतावासलाई निशाना बनाएर दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार प्रारम्भिक अनुमानमा ती ड्रोनहरूले दूतावासको भवनमा क्षति पुर्‍याउने उद्देश्य राखेका थिए । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी गरिएको आधिकारिक विज्ञप्तिमा आक्रमणका कारण दूतावास परिसरमा सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको उल्लेख छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमण लगत्तै ठूलो विष्फोटको आवाज सुनिएको थियो भने दूतावास क्षेत्रको आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । यद्यपि, आक्रमण हुनुपूर्व नै भवन खाली गराइएकाले मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

- ADVERTISEMENT -

Advertisement

आक्रमणपछि साउदी अरबस्थित अमेरिकी मिशनले उच्च सुरक्षा सतर्कता अपनाउन आफ्ना नागरिक र कर्मचारीलाई आग्रह गरेको छ । मिशनले रियाद, जेद्दा र धहरानमा रहेका अमेरिकी नागरिकहरूलाई ‘घरभित्रै सुरक्षित बस्न’ ९सेल्टर इन प्लेस० निर्देशन जारी गरेको छ । साथै, यस क्षेत्रमा रहेका कुनै पनि सैन्य प्रतिष्ठानहरूमा अत्यावश्यक बाहेकको यात्रा नगर्न समेत सचेत गराइएको छ ।

मध्यपूर्वमा जारी इजरायल–इरान तनावका बीच यो आक्रमण भएको हो । केही समयअघि इजरायल र अमेरिकाले इरानमाथि गरेको आक्रमणमा सर्वोच्च नेता अलि खामेनी मारिएको दाबी सार्वजनिक भएपछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी र इजरायली सैन्य अड्डा एवं दूतावासहरूलाई निशाना बनाउँदै आएको छ ।

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास नजिकै पनि शंकास्पद धुवाँ देखिएपछि त्यहाँको कूटनीतिक नियोगले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो । इरानले बदला लिने चेतावनी दिएसँगै खाडीका विभिन्न मुलुकमा ड्रोन र मिसाइल आक्रमणका घटनाहरू बढिरहेका छन् ।

मध्यपूर्वमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू समेत त्रसित बनेका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० को एक विमानस्थलमा भएको यस्तै प्रकृतिको आक्रमणमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको ज्यान गएपछि नेपाली समुदाय थप चिन्तित बनेको हो । अहिले साउदी, कुवेत र यूएई लगायतका मुलुकमा निरन्तर खतराको साइरन बज्ने र आकाशमा ड्रोनहरू देखिने क्रम बढेकाले नेपालीहरूले असुरक्षित महसुस गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37