चितवन / भरतपुर २, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले महिला शेयर सदस्य लक्षित गरेर उद्घोषण तालिम सम्पन्न गरेको छ ।
११६औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आइतबार महिला शेयर सदस्यहरुलाई उद्घोषण तालिम दिइएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
- ADVERTISEMENT -

सो अवसरमा अध्यक्ष धितालले संस्थागत गतिविधि बारे प्रकाश पार्दै उद्घोषण तालिमले महिला शेयर सदस्यहरुको क्षमता अभिवृद्धि तथा बोल्ने कलाको विकासमा जोड पुग्ने बताए ।

तालिमले महिला शेयर सदस्यहरु लाभान्वित हुने आगामी दिनमा यसलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो ।
- ADVERTISEMENT -

व्यानर वाचन गरेर उद्घाटन गरिएकोमा कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन इन्दिरा पन्तले गरिन् ।
उद्घोषण तालिमको प्रशिक्षकमा मनोज पन्त र करिश्मा थापा रहेका थिए । तालिममा प्रशिक्षकद्वय पन्त र थापाले सहभागीहरुलाई उद्घोषणको अभ्यासबारे प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षार्थीहरुले एक दिने कार्यक्रम समय कम भएको र आगामी दिनमा समयावधि थप गर्दै पुनः तालिमको व्यवस्थापन गरी दिन माग गरेका थिए । एक सय बढी शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका सचिव जयराम पाण्डे, व्यवस्थापक विकास पौडेल, कोषाध्यक्ष रामप्रसाद घिमिरे, सहसचिव संगीता गौतम, सदस्य इन्दिरा पन्तलगायतको उपस्थिति थियो ।















































