२०८३ बैशाख ६, आईतवार
April 19, 2026
२०८३ बैशाख ६, आईतवार
April 19, 2026 Sunday
- ADVERTISEMENT -

टिपर दुर्घटनामा चार जनाको मृत्यु, सबैको खुल्यो परिचय

प्रकाशित मिति : २०८२ चैत्र ८ गते

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिकामा शनिबार साँझ भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा ज्यान गएसँगै मृतकको सङ्ख्या बढेको हो ।

तानसेन नगरपालिका-१०, पटुवाका ३३ वर्षीय राजन चिदीको रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) होमप्रकाश चौधरीले जानकारी दिए । 

- ADVERTISEMENT -

Advertisement

यसअघि नै उक्त दुर्घटनामा परी अन्य तीन जनाले ज्यान गुमाइसकेका थिए । मृत्यु हुनेहरूमा टिपर चालक अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४, सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह नगरपालिका-२, खैरेनीका २६ वर्षीय सुनिल नेपाली रहेका छन् ।

प्रहरीका अनुसार शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर माथागढी-७, रहबासमा दुर्घटनामा परेको थियो । सडकबाट करिब एक सय मिटर तल खसेर भएको उक्त दुर्घटनामा परी टिपरमा सवार चारै जना गम्भीर घाइते भएका थिए ।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी प्राथमिक उपचारका निम्ति प्रभासस्थित लुम्बिनी मेडिकल कलेज लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले चालक सुनारलगायत तीन जनालाई मृत घोषणा गरेका थिए । 

गम्भीर अवस्थामा रहेका चिदीलाई भने थप उपचारका लागि भैरहवा रिफर गरिएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
175.06
175.76
UK Pound Sterling
1
200.75
201.56
Swiss Franc
1
189.65
190.41
Australian Dollar
1
106.40
106.83
Canadian Dollar
1
108.49
108.93
Singapore Dollar
1
116.62
117.09
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
21.75
21.84
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.03
10.07
Swedish Kroner
1
16.18
16.25
Danish Kroner
1
23.42
23.52
Hong Kong Dollar
1
18.95
19.03
Kuwaity Dinar
1
484.62
486.58
Bahrain Dinar
1
393.53
395.12
Omani Rial
1
385.42
386.98