Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका पत्रकारलाई ‘एआईको प्रयोग’ सम्बन्धि तालिम

प्रकाशित मिति : २०८२ चैत्र २० गते

भरतपुर / चितवनका विभिन्न मिडियामा आवद्ध पत्रकारहरुलाई दुई दिने ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धि तालिम दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको आयोजना एवम् नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखा चितवनको सहकार्यमा बिहीबार ‘डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको हो ।

तालिममा गोरखापत्र दैनिकका सह–सम्पादक तथा प्रशिक्षक अजय शर्माले पत्रकारका लागि डिजिटल साक्षरण र पत्रकारितामा एआईको प्रयोग सम्बन्धि प्रशिक्षण दिएका थिए । पत्रकारहरुले प्रविधिको विकाससँगै आफ्नो क्षमता विकास गर्नुपर्ने बताउँदै उनले एआई मार्फत समाचार लेखन, समाचारवाचन, फोटो÷भिडियो सामाग्री उत्पादन गर्ने तरिका सिकाए ।

- ADVERTISEMENT -

Advertisement

अर्का प्रशिक्षक राजन गौतमले सुरक्षित ‘सर्च इन्जिन’ र त्यसका प्रकार, एआईमा स्पष्ट निर्देशन दिने ‘प्रम्प्ट’ लगायतको विषयमा प्रशिक्षण दिएका थिए । बुधबार तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पत्रकारलाई ज्ञान हासिल गर्ने अवसर प्रदान गरेकामा बागमती प्रदेश सरकारलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, महासचिव राधेश्याम खतिवडा, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली लगायत ५० बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67