काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मातातीर्थ औँसीको शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका हुन् ।
उनले लेखेका छन्, ‘माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र । मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु । आमाहरूको दीर्घायुको कामना गर्दछु ।’
- ADVERTISEMENT -

उनले आमालाई जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत भन्दै सदैव सम्पूर्ण आमाहरू र नेपाल आमाको उज्यालो मुहारको कामना गर्ने बताएका छन् । उनले थप लेखेका छन्, ‘आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन् । हे जननी१ म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’








































