२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

भरतपुरमा “चितवन अटो शो २०२६” हुने, १० हजार दर्शकले अवलोकन गर्ने 

प्रकाशित मिति : २०८३ बैशाख ८ गते

चितवन । भरतपुरमा दोस्रो संस्करणको “चितवन अटो शो २०२६” आयोजना हुने भएको छ। अटोमोबाइल व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त पहलबाट भरतपुर प्रदर्शनी केन्द्रमा सञ्चालन हुन लागेको हो। 

कार्यक्रममा भरतपुर महानगरपालिका, चितवन उद्योग संघ र चितवन उद्योग वाणिज्य संघले सहकार्य गरेका छन्। कार्यक्रम वैशाख १७ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।

- ADVERTISEMENT -

Advertisement

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले चितवन तीव्र गतिमा विकासतर्फ अघि बढिरहेको उल्लेख गर्दै यस्ता प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। 

त्यस्तै, चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले एउटै स्थानबाट विभिन्न सवारी साधन अवलोकन तथा खरिद गर्न पाउनु उपभोक्ताका लागि सहज र लाभदायक हुने बताए।

कार्यक्रमका आयोजकका अनुसार अटो शोको मुख्य उद्देश्य नयाँ प्रविधि र सवारी साधनलाई उपभोक्तासमक्ष ल्याउनु हो। विशेष गरी विद्युतीय सवारी (ईभी) र स्मार्ट मोबिलिटी समाधानबारे जानकारी दिने, बजारमा आएको नवीनतम मोडलहरू प्रदर्शन गर्ने तथा सुस्ताएको अटोमोबाइल बजारलाई चलायमान बनाउने लक्ष्य राखिएको छ। 

संयोजक राजन पियाका अनुसार सवारी साधन, स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा बैंकिङ र इन्स्योरेन्स सेवा एकै ठाउँमा उपलब्ध हुनेछन्, जसले उपभोक्तालाई निर्णय लिन थप सजिलो बनाउनेछ।

अटो शोमा करिब ७५ वटा स्टल रहनेछन्, जहाँ विभिन्न ब्राण्डका कार, जिप, मोटरसाइकल र स्कुटर प्रदर्शन गरिनेछ। साथै, ग्राहकहरूका लागि विशेष छुट, आकर्षक अफर तथा तत्कालै फाइनान्स र बीमा सुविधा उपलब्ध हुनेछ। 

कार्यक्रममा सहभागी हुनेमध्येबाट तीन जना भाग्यशाली दर्शकलाई लक्की ड्रमार्फत उपहार प्रदान गरिनेछ। सामाजिक सञ्जालमा प्रचार सामग्रीलाई बढी शेयर र भ्युज गराउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।

यसका अतिरिक्त, कार्यक्रममा पुराना भिन्टेज सवारी साधन र महँगा बिग बाइकहरूको विशेष प्रदर्शनी हुनेछ। मोटरसाइकल स्टन्ट, जिमखाना, टिडिएस र्‍यालीजस्ता गतिविधिहरूले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। 

तेस्रो दिन अटो क्षेत्रका विज्ञहरूको सहभागितामा सेमिनार आयोजना हुनेछ भने चौथो दिन विद्यालयस्तरीय विद्यार्थी र अभिभावकलाई लक्षित गरी हेल्मेट प्रयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजकका अनुसार करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस अटो शोबाट झण्डै ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान छ। दैनिक रूपमा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि कार्यक्रमको आकर्षण रहनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37