२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

एकाबिहानै पावर हाउसचोकमा बस दुर्घटनाग्रस्त

प्रकाशित मिति : २०८३ बैशाख २६ गते
file photo.

वीरगन्ज / काठमाडौंबाट वीरगन्जका लागि छुटेको एक रात्री बस आज (शनिबार) बिहान वीरगन्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ । सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१ ००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार काठमाडौंबाट रात्रि सेवामा गुडेको उक्त बस आज बिहान आफ्नो गन्तव्यमा पुग्नै लाग्दा पावर हाउस चोक नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनाका समयमा बसमा सवार यात्रुहरूको यकिन सङ्ख्या नखुले पनि बसमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

बस अचानक पल्टिँदा भित्र रहेका यात्रुहरू केही बेर निकै त्रसित बनेका थिए । दुर्घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेका थिए । केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने गम्भीर अवस्था नरहेको बुझिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मोड काट्ने क्रममा गति नियन्त्रण हुन नसक्दा वा चालकको थकानका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ । न्यूज बैंक

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22