२०८३ जेष्ठ ७, बिहीबार
May 21, 2026
२०८३ जेष्ठ ७, बिहीबार
May 21, 2026 Thursday

अमेरिकी सेनाको नियन्त्रणमा इरानी तेल ट्याङ्कर

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते
file photo

एजेन्सी । ओमानको खाडीमा अमेरिकी सेनाले इरानी झण्डावाहक एक व्यापारिक तेल ट्याङ्करलाई नियन्त्रणमा लिई खानतलासी गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्ट्रकम) ले बुधवार सो जानकारी दिएको हो ।

सेन्ट्रकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिअनुसार, अमेरिकी ३१ औँ मरिन एक्सपिडिसनरी युनिटका मरिन कमान्डोहरूले एमटी सेलेस्टियल सी नामक तेल ट्याङ्करमा बोर्डिङ गरी खानतलासी गरेका हुन् । उक्त जहाजले अमेरिकी नाकाबन्दीको उल्लंघन गर्दै इरानी बन्दरगाहतर्फ जान खोजेको आशंका गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी सेनाले जहाजको खानतलासी गरेपछि चालक दललाई मार्ग परिवर्तन गर्न निर्देशन दिँदै सो ट्याङ्करलाई मुक्त गरिदिएको छ । सेन्ट्रकमले नाकाबन्दीलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने क्रममा हालसम्म ९१ वटा व्यापारिक जहाजहरूको मार्ग परिवर्तन गराइएकोसमेत उल्लेख गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ स्थगित गरे पनि जारी युद्धविरामका क्रममा इरानविरुद्धको वृहत्तर नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यता इरानले भने अमेरिकी नौसैनिक कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन विपरित र अवैध भन्दै निरन्तर निन्दा गर्दै आएको छ । विश्वको ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने ओमानको खाडीले अरब सागर र हर्मज जलडमरूमध्यलाई जोड्ने गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.62
155.22
European Euro
1
179.31
180.01
UK Pound Sterling
1
207.14
207.94
Swiss Franc
1
195.62
196.38
Australian Dollar
1
110.16
110.59
Canadian Dollar
1
112.32
112.76
Singapore Dollar
1
120.74
121.21
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
41.20
41.36
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.73
4.75
UAE Dirham
1
42.10
42.26
Malaysian Ringgit
1
38.95
39.10
South Korean Won
100
10.27
10.31
Swedish Kroner
1
16.46
16.52
Danish Kroner
1
23.99
24.09
Hong Kong Dollar
1
19.74
19.81
Kuwaity Dinar
1
503.98
505.93
Bahrain Dinar
1
410.05
411.64
Omani Rial
1
401.61
403.16