२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026
२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा महिला उद्यमीहरुलाई लक्षित रेनुको ‘एक्वा जुम्बा’

प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते

– बबिलाल तामाङ
चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित चितवन डान्स सेन्टरको आयोजनामा एक्वा जुम्बा डान्स कार्यक्रम सम्पन्न गरिएको छ ।

चितवनका महिला उद्यमीहरुलाई लक्षित गरी सोमबार सिदार्थ होटल न्यूरोडमा एक्वा जुम्बा डान्स कार्यक्रम गरिएको सेन्टरका नृत्य निर्देशक रेनु तामाङले जानकारी दिइन् ।

- ADVERTISEMENT -

Advertisement

मानिसहरुको व्यस्त लाइफ, मानसिक तनावलाई स्वस्थ जीवन तथा मनोरन्जनका लागि विगत एक दशकदेखि डान्स सेन्टरले एक्वा जुम्बा कार्यक्रम गर्दै आएको उनले बताइन् ।

स्वीमिङ पुलको पानीमा रहेर म्यूजिक तालमा गरिने एक्वा जुम्बाले रक्त सञ्चार, श्वासप्रश्वास, स्कीन लगायत शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्ने उनी बताउँछिन् ।

- ADVERTISEMENT -

Advertisement

हाल जिल्लाका विभिन्न ठाउँमा एक्वा जुम्बा कार्यक्रम हुँदै आएको भए पनि पहिलो पटक चितवन डान्स सेन्टरले नै कार्यक्रम ल्याएको उनले दावी गरिन् ।

पछिल्लो समय चितवन डान्स सेन्टरले महिलाहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको उनको भनाइ छ । उक्त कार्यक्रमको सहजीकरण प्रेन्सिडेन्सी कलेजले गरेको हो ।

कार्यक्रमको प्रशिक्षकमा नृत्य निर्देशकहरु मनोज लामा, रेनु तामाङ, अमित राई र किट क्याट रहेका थिए ।

जुम्बामा प्रशिक्षार्थीहरु बीच तातो आलु र दौड प्रतियोगिता सम्पन्न गरिएको थियो । नेपाल राष्ट्रिय कलाकार संघ चितवनका अध्यक्ष रेनुका प्रधानले उत्कृष्ट प्रतियोगीहरुलाई पुरस्कार वितरण गरे ।

चितवन डान्स सेन्टरले निरन्तर विगत दुई दशकदेखि नृत्य क्षेत्रमा सेवा पु¥याउँदै आएको छ भने यसले सांगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.69
152.29
European Euro
1
176.67
177.36
UK Pound Sterling
1
204.24
205.05
Swiss Franc
1
193.52
194.28
Australian Dollar
1
108.87
109.30
Canadian Dollar
1
109.71
110.14
Singapore Dollar
1
118.73
119.20
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.42
40.58
Qatari Riyal
1
41.61
41.78
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.30
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.37
16.44
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.43
Kuwaity Dinar
1
494.59
496.54
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
393.99
395.55