२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जेनजी पुस्ताको कथा ‘ल्याङ्ग ल्याङ्ग’बाट गुराँस ढकालको डेब्यु

प्रकाशित मिति : २०८३ श्रावण २८ गते

काठमाडौँ / बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य अभिनेत्रीमा गुराँस ढकाल अनुबन्धित भएकी छन् ।

मुख्य भूमिकामा यो उनको डेब्यु सिनेमा हो । यसअघि उनले केही सिनेमामा सहायक भूमिकामा अभिनय गरिसकेकी छन् ।

- ADVERTISEMENT -

Advertisement

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्, जहाँ अभिनयका विभिन्न पक्षमा आफ्नो अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरिन् । अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियो र हरर सिनेमा ‘मम्मी’मा अभिनय गरेकी थिइन् ।

बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित हुने गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यका साथ निरन्तर सिकाइ, प्रशिक्षण र मेहनत गर्दै आएकी छन् ।

निर्देशक चौहानका अनुसार गुराँस सिनेमामा एक्ली अभिनेत्री हुन् । सिनेमाको पात्र अनुसार मिल्दो भूमिकामा फिट भएपछि बुधवार उनलाई निर्माण टिमले सिनेमामा अनुबन्धित गरेको हो ।

यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । निर्माण टिम अझै एक अभिनेताको खोजीमा छन् । अब एक अभिनेता फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पुरा हुने निर्देशक चौहानले बताए ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ । विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए ।

कथाअनुसार सिनेमाको स्लोगन पनि युवकेन्द्रीत ‘हरेक युवाको कथा’ राखिएको छ । नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीच एउटै कुरामा हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गर्छन् । सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने टिमको दाबी छ ।

यो सिनेमाको मुख्य भूमिकामा छोरी गुराँस अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले भावुक पोस्ट लेखेकी छन् ।

उनले लेखेकी छन्, ‘छोरी जम्मा सात महिनाकी हुँदा नै मैले उसलाई नाटकमा खेलाएँ । जहाँ–जहाँ मेरो स्टेज कार्यक्रम हुन्थ्यो, म उसलाई पनि सँगै लिएर जान्थेँ । मनमनै एउटा सपना बोकेकी थिए । एक दिन मेरी छोरीलाई कुशल कलाकार बनाउँछु ।’

उनले अगाडी लेखेकी छन्, ‘यो त केवल सुरुवात हो, अझै धेरै टाढा जानु छ, अझै धेरै सपना पूरा गर्न बाँकी छ । आज एउटा ढोका खुलेको छ, अब मेरी छोरीले आफ्नै मेहनत, प्रतिभा र लगनले आफ्नो छुट्टै पहिचान बनाउने छे । म उसको हरेक सपनाको पछाडि उभिएर, हरेक पाइला(पाइलामा उसको साथ दिनेछु । अब तिम्रो यात्रा सुरु भएको छ । यो सुरुवात हो, अन्त्य होइन । अझै धेरै सपना छन्, अझै धेरै उडान बाँकी छ । भगवान्लाई हृदयदेखि नै धेरै(धेरै धन्यवाद । आमा सधैँ तिम्रो साथमा हुनेछिन् ।’

असोज पहिलो हप्ताबाट फ्‌लोरमा निस्कने तयारीमा रहेको सिनेमा भोलानाथ कटवालको लगानीमा बन्नेछ । हाल धमाधम प्रि–प्रोडक्सनको काम भइरहेको सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45