२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते
file photo.

काठमाडौँ / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरूको रहे पनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भई रहे प्रतिवादमा उत्रने चेतावनी समेत दिए ।

अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रूपमा आफ्नो पार्टीलाई लिएको दाबी समेत गरे ।

- ADVERTISEMENT -

Advertisement

उनले भने ‘पुराना पार्टीका धेरै साथीहरू उज्यालो नेपाल पार्टीप्रति आकर्षित भएर आउँदै हुनुहुन्छ । र नयाँ पार्टीका साथीहरू पनि, पार्टीहरू पनि हामीसँग जोड्दै छौ । अब यो जुन हिसाबले नेपाली जनताले एउटा सशक्त विकल्पको रूपमा नयाँ विकल्पको रूपमा पुरानाको प्रतिस्थापन गरेर नयाँलाई दुई तिहाइको मत दिएको छ । यो अव दुई महिनामा यो दुई तिहाई मत दिएको सरकारको जुन किसिमको कार्य नेपाली जनताले देखेका छन् । हामीले हेरेका छौँ–त्यो पार्टीबाट पनि नेपाली जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने हामीलाई विश्वास लागेका छैन । हाम्रो लागि यो सरकार राम्रोसँग सफल होस भन्ने कामना हो । किनभने नेपाली जनताले सधैँ परिवर्तन खोजेको छ । परिवर्तनको लागि यत्रो ठुलो दुई तिहाई मत दिएको छ । यो सरकार सफल होस, हरेक क्षेत्रमा सफल होस भन्ने हाम्रो सुझाव पनि रहेको छ । तर सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौ । त्यसको प्रतिवाद गर्छौँ । र उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेका जनताको समस्याहरू बोकेर अघि बढ्छ । र नेपालको सशक्त पार्टीको रूपमा विकास गर्दैछौँ ।’

अध्यक्ष घिसिङले सरकारले विद्युत्मा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाए । उनले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरूले काम गर्न चाहेको पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.96
153.56
European Euro
1
178.05
178.74
UK Pound Sterling
1
205.85
206.65
Swiss Franc
1
194.20
194.96
Australian Dollar
1
109.26
109.69
Canadian Dollar
1
110.10
110.53
Singapore Dollar
1
119.24
119.71
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.12
Thai Baht
1
4.69
4.71
UAE Dirham
1
41.65
41.81
Malaysian Ringgit
1
38.12
38.27
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.38
16.45
Danish Kroner
1
23.82
23.92
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
498.32
500.28
Bahrain Dinar
1
405.65
407.24
Omani Rial
1
397.29
398.85