२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते

भरतपुर / आँपटारीस्थित योगी नरहरिनाथ आश्रम वागीश्वरीमा जारी कोटिहोम महायज्ञ अन्तर्गत कविता वाचन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । प्रतियोगितामा तनहुँका अंकित पाण्डे प्रथम भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा दोस्रो भएका रत्ननगरका कबिर काफ्लेले नगद आठ हजार रुपैयाँ पाए भने तेस्रो भएकी झापाकी नविना भट्टराईले छ हजार रुपैयाँ जितिन् । सान्त्वना भएका सोलुखुम्बुका सुरक्षा भट्टराई र तनहुँका देवेन्द्र सापकोटाले चार÷चार हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा २५ जना सहभागी भएका थिए ।

- ADVERTISEMENT -

Advertisement

यो महायज्ञ नितान्त सात्विक यज्ञका रुपमा सञ्चालन भइरहेको छ । रकम तोकेर वा पत्र पठाएर आर्थिक सहयोग माग्न निषेध गरिएको यो महायज्ञमा भक्तजनले स्वतस्फुर्त रुपमा दान गर्ने गरेका छन् । बिहीबार नेपाली सेनाको नयाँ सबुज दल गण भरतपुरले महायज्ञलाई चरु लगायतका हवन सामाग्री सहयोग गरेको छ । हवन सामाग्री हस्तान्तरण गर्न गणका गणपति सुदीप तामाङ स्वयम महायज्ञ पुगेका थिए ।

महायज्ञमा अहिले बिजमन्त्रद्धारा नियमित हवन गर्नुका साथै अतिरुद्री महायज्ञ, गायत्री लक्ष हवन र सहस्र चण्डी पनि भइरहेको छ । गत वैशाख १७ गतेदेखि सुरु भएको श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ आगामी असार १३ गते सम्पन्न हुनेछ । महायज्ञ अन्तर्गत भजन प्रतियोगिता पनि भइरहेको छ । भजन प्रतियोगिताको फाइनल यहि जेठ ३० गते हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

महायज्ञमा आगामी असार ६ गते नौ वर्ष मुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन गरिँदै छ । सामुहिक पुजनका लागि नौ वर्ष मुनिका बालिका र अभिभावकको नाम टिपाउने आयोजकले आग्रह गरेको छ ।

असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् मुख्यकर्ता प्रेमनिधि भारद्वाजले जानकारी दिए । महायज्ञमा प्रमुख वाचक ज्योतिष पण्डित परशुराम पाण्डेयले दैनिक भागवत कथावाचन गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58