२०८३ श्रावण २१, बिहीबार
August 6, 2026
२०८३ श्रावण २१, बिहीबार
August 6, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हुरीले विनयी त्रिवेणीमा १७ घरमा क्षति

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते
file photo.

कावासोती / नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नाका साथै केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको हो । केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ । यस्तै, मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्‍याएको छ ।

कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको तथा केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

हुरीबाट मानवीय तथा पशुचौपायामा कुनै क्षति नभएको र कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ । (रासस)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.90
152.50
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.57
205.38
Swiss Franc
1
187.66
188.40
Australian Dollar
1
107.01
107.44
Canadian Dollar
1
107.99
108.42
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.51
22.60
Saudi Arabian Riyal
1
40.45
40.60
Qatari Riyal
1
41.66
41.83
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.11
37.26
South Korean Won
100
10.66
10.70
Swedish Kroner
1
15.94
16.01
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.37
19.44
Kuwaity Dinar
1
494.63
496.58
Bahrain Dinar
1
402.86
404.46
Omani Rial
1
394.53
396.09