काठमाडौं / फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा इक्वेडरविरुद्ध आइभरी कोस्टले १–० को जित निकालेको छ ।
खेल गोलरहित बराबरीमा सकिने लगभग निश्चित अवस्थामा आइभरी कोस्टका अमाद डियालोले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए ।
- ADVERTISEMENT -

अवसरहरूको सदुपयोग गर्न नसक्दा अन्ततः इक्वेडरले हार बेहोर्नुपर्यो । अन्तिम समयमा आएको अमादको गोलले आइभरी कोस्टलाई तीन अंक दिलायो ।
यससँगै समूह ‘ई’ मा आइभरी कोस्ट तीन अंकसहित शीर्ष स्थानमा रहेको जर्मनीसँग बराबरीमा पुगेको छ । यसअघिको खेलमा जर्मनीले भएको खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो ।
- ADVERTISEMENT -











































