२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बजार क्षेत्रमा विद्युतीय तार भूमिगत बनाइँदै

प्रकाशित मिति : २०७७ आश्विन ५ गते

चितवन / भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने तयारी भएको छ । बजार क्षेत्र अन्तर्गत पहिलो चरणमा मुख्य बजार क्षेत्रको नारायणगढको पुल्चोकदेखि भरतपुरको गोन्द्राङ, केन्द्रीय बसपार्कदेखि बाइपास रोड हुँदै आँपटारीसम्म गरी दुईतर्फी गरी २६ किलोमिटर तार भूमिगत गर्ने तयारी गरिएको हो ।
भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले महानगरपालिकाको पहलमा गौरबको आयोजनाअन्तर्गत तार भूमिगतको काम गर्न लागिएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ डीपीआर तयार भयो । टेन्डर प्रक्रियाको काम सकिन ६ महिनाजति लाग्छ त्यसपछि टेन्डर भएर दुई वर्षमा सबै काम पुरा हुन्छ । यस योजनाले महानगरपालिकाले पनि प्राथमिकतामा राखेको छ ।’ उहाँले काठमाडौँबाहिर पोखरा र भरतपुर महानगरपालिकामा बिधुत्को तार भूमिगत गर्न लागिएको जानकारी दिनुभयो । एशिएन विकास बैँकको ऋण सहयोगमा एक अर्ब २० करोड अनुमानित लागतमा उर्जा मन्त्रालयले यो काम गर्न लागेको नगर प्रमुख दाहालले बताउनुभयो ।
यस आयोजनाको लागि नेपाल विद्युत् प्राधिकरणले विगत केही समय अगाडिदेखि अध्ययनको काम गरिरहेको थियो । यस योजनाको डीपीआरबारे छलफल गर्न काठमाडौँबाट उर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको एक टोली भरतपुर आएको थियो । टोलीले भरतपुरमा योजनाका सरोकारवालाहरुसँग दुई दिनसम्म छलफल गरेको थियो ।
अहिले पोल गाडेर तार टाङ्ने प्रचलन विद्युतीकरणको परम्परागत विधि हो र विकसित देशहरुले सबै तारहरु भूमिगत गर्न थालेको विद्युत् प्राधिकरण भरतपुरका प्रमुख सुरेश महतोले नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ परम्परागत विधिअनुसार बिधुतीकरण गर्दा धेरै बेफाइदाहरु छन् । दुर्घटना, चोरी र बिजुली जाने समस्या थियो । अब भूमिगत भएपछि त्यस्तो हुँदैन ।’ यस विधिअनुसार बिजुलीको तारलाई जमिनमूनि डेढ मिटर तल गाडिन्छ । जसबाट शहरी सौन्दर्य पनि बढ्न जान्छ । भविष्यमा राजमार्ग बिस्तार गर्दा पनि खासै पोल सारी रहनुपर्ने बाध्यता पर्देन । यसका लागि विद्युत् प्राधिकरण भरतपुरले एक वर्ष अघिदेखि गृहकार्य गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13