२०८३ असार २५, बिहीबार
July 9, 2026
२०८३ असार २५, बिहीबार
July 9, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हर्मुजको व्यापारिक जहाजमाथि आक्रमण, मध्यपूर्व तनाव

प्रकाशित मिति : २०८३ असार २४ गते
file photo.

एजेन्सी / स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त राज्य अमेरिकाले बुधवार बिहान इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।

यससँगै इरानले बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार गरेको देखिएको छ । पछिल्लो घटनाक्रमले युद्ध विरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुर्‍याउँदै मध्यपूर्वलाई पुनः व्यापक द्वन्द्वतर्फ धकेल्ने जोखिम बढाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी सेनाले तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित तीन व्यापारिक जहाजलाई लक्षित बनाएपछि जवाफी कारबाही गरिएको जनाएको छ ।

आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको अनुमति पनि रद्द गरेको छ । इरानले भने अमेरिकाको कदमको कडा विरोध गर्दै आफूले आवश्यक ठानेका सबै उपाय अपनाउने चेतावनी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकी आक्रमणपछि अमेरिकी नौसेनाको पाँचौँ फ्लीट रहेको बहराइन तथा अमेरिकी सेनाका महत्त्वपूर्ण सैन्य आधार रहेका कुवेतमा मिसाइल चेतावनी जारी गरिएको थियो । दुवै देशलाई लक्षित गरी इरानबाट प्रहार भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

यो घटनाक्रम इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला भएको हो । फेब्रुअरी २८ मा ८६ वर्षको उमेरमा युद्धको प्रारम्भिक चरणमै मारिएका खामेनीको अन्तिम संस्कार बिहीबार सम्पन्न हुने तालिका छ ।

अन्त्येष्टिपछि हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र इरानको विवादित आणविक कार्यक्रमबारे वार्ता अघि बढ्ने अपेक्षा गरिएको थियो । तर पछिल्ला आक्रमणले त्यस्तो सम्भावनामा अनिश्चितता थपेको छ ।

इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र उसका सहयोगीमाथि आक्रामक टिप्पणी गर्दै इरान कुनै दबाबमा नझुक्ने बताए ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार आक्रमणमा इरानका हवाई रक्षा प्रणाली, राडार र अर्धसैनिक इस्लामिक क्रान्तिकारी गार्डले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिको साना डुङ्गा निशाना बनाइएका छन् ।

ती डुङ्गा हर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई रोक्ने तथा दबाब सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको अमेरिकी दाबी छ ।

सेन्ट्रल कमान्डले यो चरणको कारबाही सम्पन्न भएको जनाउँदै आवश्यक परे थप कदम चाल्न अमेरिका तयार रहेको स्पष्ट पारेको छ ।

इरानले अमेरिकी आक्रमण भएको स्वीकार गरे पनि क्षतिको विवरण सार्वजनिक गरेको छैन । सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम र सिरिक क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन् ।

इरानको केन्द्रीय सैन्य कमान्डले अमेरिकी कारबाहीलाई आतङ्कवादी कार्यको संज्ञा दिँदै निर्णायक जवाफ दिने चेतावनी दिएको छ । साथै हर्मुज जलघाँटीको व्यवस्थापनमा कुनै विदेशी हस्तक्षेप स्वीकार नगर्ने अडान दोहोर्‍ययाएको छ ।

गत महिनाको अन्त्यमा पनि जलघाँटीमा यस्तै प्रकारका आक्रमण र अमेरिकी जवाफी कारबाही भएका थिए । त्यतिबेला पनि बहराइन र कुवेत लक्षित आक्रमण भएको थियो । यसपटकको घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नाटो शिखर सम्मेलनका लागि टर्कीमा रहेका बेला भएको हो ।

यसैबीच अमेरिकाले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा तेल निर्यात गर्न दिइएको इजाजत पत्र रद्द गरेको छ ।

उक्त व्यवस्थाले इरानलाई वर्षौंपछि अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरमा खुला रूपमा तेल बिक्री गर्ने अवसर दिएको थियो । इरानले यसअघि प्रतिबन्ध छल्दै चीनलाई सहुलियत मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको आरोप लाग्दै आएको छ ।

जहाजमाथिको आक्रमणमा ओमानको तट नजिक यात्रा गरिरहेको एक तेल ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको बेलायतको समुद्री व्यापार सञ्चालन केन्द्रले जनाएको छ ।

इरानी सरकारी टेलिभिजनले चेतावनी बेवास्ता गरेपछि तरलीकृत प्राकृतिक ग्यास बोकेको अर्को जहाज आक्रमणमा परेको जनाएको भए पनि त्यसको प्रत्यक्ष जिम्मेवारी लिएको छैन ।

अन्य दुई जहाजमा सामान्य क्षति पुगेको भए पनि कुनै मानवीय क्षति नभएको र ती जहाजले आफ्नो यात्रा जारी राखेको बेलायती समुद्री निकायले जनाएको छ ।

युद्ध सुरु भएयता इरानले हर्मुज जलघाँटीमा कडा नियन्त्रण कायम राख्दै आएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल र प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले त्यहाँको अस्थिरताले विश्व ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्दै आएको छ । मङ्गलबार आक्रमणमा परेका जहाजहरूले इरानले तोकेको मार्गको सट्टा ओमानको तटीय मार्ग प्रयोग गरेका थिए ।

तेहरानले हर्मुज हुँदै आफ्नो स्वीकृत मार्ग मात्र सुरक्षित रहेको दाबी गर्दै अन्य मार्ग प्रयोग गर्ने जहाजमाथि कारबाही गर्ने चेतावनी पटक–पटक दिँदै आएको छ ।

कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले कतारी ट्याङ्कर अल रेकयात माथिको आक्रमणलाई अन्तर्राष्ट्रिय जलयात्रा र विश्व ऊर्जा सुरक्षामाथिको अस्वीकार्य हमला भन्दै त्यसका लागि इरान पूर्ण रूपमा जिम्मेवार रहेको बताए ।

इरान र संयुक्त राज्य अमेरिका ६० दिनसम्म जहाजलाई कुनै शुल्कबिनै आवतजावत गर्न दिने अन्तरिम सहमतिमा पुगेका थिए ।

तर इरानले जहाजको मार्ग आफैँले निर्धारण गर्ने र भविष्यमा त्यसका लागि शुल्क लिने प्रस्ताव अघि सारेपछि विवाद चर्किएको हो ।

अमेरिका र अधिकांश खाडी राष्ट्रहरूले भने हर्मुज जलघाँटी प्रयोग गरेबापत कुनै शुल्क तिर्न नसकिने स्पष्ट पार्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.66
152.26
European Euro
1
173.28
173.96
UK Pound Sterling
1
202.84
203.64
Swiss Franc
1
187.90
188.64
Australian Dollar
1
105.30
105.71
Canadian Dollar
1
106.68
107.10
Singapore Dollar
1
117.38
117.84
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.39
40.55
Qatari Riyal
1
41.60
41.77
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.29
41.46
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.18
23.27
Hong Kong Dollar
1
19.34
19.41
Kuwaity Dinar
1
493.04
494.99
Bahrain Dinar
1
402.29
403.88
Omani Rial
1
393.93
395.49