२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छाकामनामा ३४ घर परिवारलाई लालपूर्जा

प्रकाशित मिति : २०८३ श्रावण ९ गते

चितवन / इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् ।

सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुम्बासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपूर्जा वितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुम्बासीका लागि लालपूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपूर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको प्रक्रिया पुरा गर्न लाग्ने बताए ।

सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए । जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङले आज जग्गा धनि प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुम्बासी रहेको बताए ।

सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनि बाहिर भएकाले उनीहरू आएपछि लालपूर्जा वितरण गरिने बताए । गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुम्बासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन् ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सात वटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09