२०८३ श्रावण १८, सोमबार
August 3, 2026
२०८३ श्रावण १८, सोमबार
August 3, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुलुकलाई विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन – नेकपा सहसंयोजक नेपाल

प्रकाशित मिति : २०८३ श्रावण १७ गते
File photo

काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा अहिले मुलुकको प्रमुख चुनौती बनेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा बोल्दै नेपालले मुलुकको स्वाभिमान जोगाउने र विदेशीको क्रीडाभूमि बन्नबाट बचाउने विषय महत्वपूर्ण चुनौती बनेको बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालले नेपाल कुनै पनि देशको अधीनमा रहन वा कुनै राष्ट्रविरुद्ध उभिन नचाहेको भन्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर अघि बढ्नुपर्ने बताए । ‘हाम्रो देश कुनै देशको पछि लाग्न चाहँदैन । कसैको अधीनमा रहन चाहँदैन । कसैका विरोधमा पनि जान चाहँदैन । सबैसँग मैत्रीभाव राखेर मिलेर अगाडि बढ्न चाहन्छ । त्यसैले हामी सबै मित्र राष्ट्रहरूसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौँ । हाम्रा कोही बैरी छैनन् र हामी बनाउन पनि चाहँदैनौँ’ उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय मुलुकमा आपसी असमझदारी बढाउने गरी बाह्य प्रभावमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले भने, ‘हामीले यत्रो त्याग र बलिदानबाट प्राप्त गरेको यो संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयतालाई जोगाउनुपर्ने अर्को ठूलो जिम्मेवारी हाम्रो काँधमा छ ।’

नेपालले शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनताका दैनिक समस्याप्रति पनि राज्य गम्भीर बन्नुपर्ने बताए ।

गरिबी, बेरोजगारी, मिटरब्याज, सहकारी पीडित र सुकुम्बासीका समस्या समाधानमा सरकार संवेदनशील हुनुपर्ने भन्दै उनले नागरिकले आत्महत्या गर्नुपर्ने अवस्था दुःखद् रहेको उल्लेख गरे ।

उनले भने, ‘जनताका पीरमर्का, गरिबी, बेरोजगारी, मिटरब्याजपीडित, सहकारी पीडित र सुकुम्बासी नागरिकका समस्या राज्यले हल गर्नुपर्नेमा आज मानिसले आत्महत्या गरेको खबर सुन्दा मन चस्स पोलेर आउँछ । यी सबै विषयमा मुलुकका वामपन्थी शक्ति र सबै देशभक्तहरू गम्भीर हुन जरुरी छ ।’

तुल्सीलाल अमात्यले लोकतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको स्मरण गर्दै नेपालले वर्तमान पुस्ताले पनि त्यही प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.32
152.92
European Euro
1
175.26
175.95
UK Pound Sterling
1
204.89
205.69
Swiss Franc
1
188.46
189.20
Australian Dollar
1
107.16
107.58
Canadian Dollar
1
108.68
109.11
Singapore Dollar
1
118.69
119.16
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.47
41.64
Malaysian Ringgit
1
37.27
37.42
South Korean Won
100
10.60
10.64
Swedish Kroner
1
15.97
16.03
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.03
496.98
Bahrain Dinar
1
403.98
405.57
Omani Rial
1
395.62
397.18