२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणगढको फायर क्लबमा दुई समूहबीच झडप

प्रकाशित मिति : २०८३ श्रावण ३० गते

चितवन / भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

शुक्रबार राति करिब १ः२० बजे फायर क्लबमा झगडा तथा कुटपिट भइरहेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइतेहरूलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको चितवनले प्रहरी जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये भरतपुर महानगरपालिका–४ बस्ने ३२ वर्षीय हिमाल रसाइलीलाई नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको छ ।

घाइते हुनेमा नवलपुरको बौदीकाली गाउँपालिका–१ का १७ वर्षीय मदन क्षेत्री रहेका छन् । उनको टाउको र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको छ। त्यस्तै, भरतपुर महानगरपालिका–१७ का २६ वर्षीय रोहन तामाङको बायाँ कोखामा चोट लागेको छ भने उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ ।

कालिका नगरपालिका–९ का २३ वर्षीय विशाल मगरको अवस्था सामान्य रहेको छ भने कपिलवस्तुको तौलिहवा नगरपालिका–१ का ३५ वर्षीय मो. सरपराजको बायाँ पाखुरामा चोट लागेको र अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36