काठमाडौं / नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ विभिन्न पदमा ३३४ जना कर्मचारीका लागि नयाँ भर्ना खुला गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो।
- ADVERTISEMENT -

प्रहरीका अनुसार प्रहरी सहायक निरीक्षक ९जनपद० २११ जना माग गरिएको छ। त्यस्तै, प्रहरी कार्यालय सहायक ९भान्छे० ८३ जना, प्रहरी कार्यालय सहायक ९हजाम० १५ जना र प्रहरी कार्यालय सहयोगी ९कुचिकार० २५ जना माग गरिएको छ।
इच्छुक उम्मेदवारले १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
प्रहरी कार्यालय सहायक पदका लागि पनि तोकिएको अवधिभित्र कार्यालय समयमै दरखास्त दिन सकिने प्रहरीले जनाएको छ।
दरखास्त, योग्यता, आवश्यक कागजात तथा छनोट प्रक्रियासम्बन्धी विस्तृत विवरण नेपाल प्रहरीले जारी गरेको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।
















































