काठमाडौं / सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ ।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको हो ।
- ADVERTISEMENT -

परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिए ।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूलाई अब संसदीय सुनुवाइका लागि पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो ९स्वीकृति० मागिनेछ ।
अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने व्यवस्था छ ।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूमा डा. निश्चलनाथ पाण्डेलाई भारत, डा। कल्याणराज शर्मालाई चीन र चिरनजंग थापालाई संयुक्त राज्य अमेरिकाका लागि सिफारिस गरेको छ ।
त्यस्तै, पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (अवकाश प्राप्त) लाई संयुक्त अधिराज्य ९युके०, जिग्यान कुमार थापालाई जापान र सुरेशकुमार कर्णलाई इसराइलका लागि राजदूतमा सिफारिस गरिएको छ ।
प्राप्ति शेरचनलाई स्पेन, शारू जोशीलाई जर्मनी र डा. पद्माक्षी राणालाई ओमानका लागि राजदूतमा सिफारिस गरिएको छ ।
चूडामणि खरेललाई मलेसिया, प्रा। डा। संगम श्रेष्ठलाई दक्षिण कोरिया, डा। मंचला झालाई श्रीलंका तथा गिरीबहादुर सुनारलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरिएको छ ।
















































