काठमाडौं / ललितपुर महानगरपालिका–२४, धापाखेलमा साढे दुई तले घर ढलेको छ ।
ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार आज (सोमबार) बिहान स्थानीय सोवितकुमार थापाको साढे दुई तले घर ढलेको हो ।
- ADVERTISEMENT -

घरधनीलाई घर जोखिममा रहेको भन्दै अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएको थियो । समयमै घर खाली गरिएकाले घटनामा मानवीय क्षति नभएको उनले बताए ।
पछिल्लो समय भइरहेको अविरल वर्षाका कारण जमिन गलेर कमजोर बनेपछि भिरालो सतहमा निर्माण गरिएको उक्त घर ढलेको बताइएको छ ।

















































