Opens in a new tab
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026
२०८३ आश्विन २३, शुक्रबार
October 9, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशका विभिन्न स्थानमा भारी वर्षा हुने

प्रकाशित मिति : २०८३ आश्विन २३ गते
File photo.

काठमाडौँ / पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

- ADVERTISEMENT -

Advertisement

हाल देशका पहाडी र हिमाली भाग, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ । अन्य क्षेत्रमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

त्यसैगरी, आज राति देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली तथा पहाडी भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

राति कोशी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेशका स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशभर तापक्रम हल्का घट्ने सम्भावना रहेको जनाउँदै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भाग तथा कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने बताएको छ ।

साथै महाशाखाले कृषिमा संलग्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई पछिल्लो मौसमी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.56
155.16
European Euro
1
172.83
173.50
UK Pound Sterling
1
203.87
204.66
Swiss Franc
1
185.28
186.00
Australian Dollar
1
107.44
107.86
Canadian Dollar
1
108.36
108.78
Singapore Dollar
1
120.55
121.02
Japanese Yen
10
9.77
9.80
Chinese Yuan
1
23.06
23.15
Saudi Arabian Riyal
1
41.17
41.33
Qatari Riyal
1
42.40
42.57
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
42.08
42.25
Malaysian Ringgit
1
37.78
37.92
South Korean Won
100
11.50
11.54
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
23.12
23.21
Hong Kong Dollar
1
19.70
19.77
Kuwaity Dinar
1
501.57
503.52
Bahrain Dinar
1
409.81
411.40
Omani Rial
1
401.46
403.02