Opens in a new tab
२०८३ कार्तिक १३, बिहीबार
October 29, 2026
२०८३ कार्तिक १३, बिहीबार
October 29, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विपद्का २२ घटना, दश करोड बढीको भौतिक क्षति

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते
AI

भद्रपुर / झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन् ।

ती घटनामा एक जना घाइते भएका छन् भने रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन् । ती घटनाबाट रु तीन लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, चट्याङको एउटा घटनाबाट रु एक लाख बराबरको क्षति भएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले आगलागीबाट जोगिन विद्युतीय उपकरण तथा आगोको प्रयोगमा सावधानी अपनाउन र वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06