Opens in a new tab
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्यटन प्रवर्ध्दनमा ध्यान देऊ

सम्पादकीय
प्रकाशित मिति : २०८३ कार्तिक १२ गते

नेपालीहरूको महान् पर्व दसैँ सम्पन्न भइसकेको छ । अब तिहार, छठ, विभिन्न जात्रा, मेला र सांस्कृतिक उत्सवहरूको श्रृङ्खला सुरु हुने समय आएको छ । सामान्यतः असोजदेखि फागुनसम्म नेपालको ग्रामीण भूगोल कुनै न कुनै पर्व, मेला, धार्मिक अनुष्ठान र सांस्कृतिक गतिविधिले जीवन्त रहने गर्छ । यी पर्व र मेलालाई केवल सांस्कृतिक परम्पराको निरन्तरताका रूपमा मात्र होइन, ग्रामीण पर्यटन प्रवद्र्धनका मह¤वपूर्ण आधारका रूपमा हेर्न आवश्यक छ । नेपालजस्तो पर्यटन सम्भावनाले भरिएको मुलुकका लागि ग्रामीण चाडपर्व र स्थानीय उत्सवहरू आर्थिक समृद्धिका प्रभावकारी माध्यम बन्न सक्छन् । नेपालका गाउँघरमा लाग्ने मेलाहरू मनोरञ्जनका साधनमात्र होइनन्, ती स्थानीय सभ्यता, इतिहास, संस्कृति, विश्वास र सामाजिक सम्बन्धका जीवित अभिलेख हुन् । यिनले समुदायलाई जोड्छन्, पुस्ताहरूबीच सांस्कृतिक हस्तान्तरण गराउँछन् र स्थानीय पहिचानलाई बलियो बनाउँछन् । पछिल्ला वर्षहरूमा युवाहरूको सक्रियतासँगै यस्ता मेलामा लोकदोहोरी, सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, कृषि प्रदर्शनी तथा सिर्जनात्मक गतिविधिहरू थपिन थालेका छन् । यसले परम्परागत मेलाहरूलाई आधुनिक आकर्षणसँग जोड्दै पर्यटनको नयाँ सम्भावना सिर्जना गरेको छ ।

विश्व पर्यटन दिवस मनाइरहँदा नेपालमा ग्रामीण पर्यटन विकासका लागि अनुकूल वातावरण तयार हुँदै गएको देखिएको छ । चाडपर्वको समयमा लाखौँ नेपाली आफ्नो जन्मथलो फर्कने गर्छन् । पछिल्लो समय आन्तरिक पर्यटनको संस्कृति पनि विस्तार भइरहेको छ । मानिसहरू नयाँ ठाउँ हेर्न, स्थानीय परिकारको स्वाद लिन र मौलिक जीवनशैली अनुभव गर्न इच्छुक देखिन्छन् । यही प्रवृत्तिलाई व्यवस्थित ढङ्गले परिचालन गर्न सकियो भने ग्रामीण अर्थतन्त्रले नयाँ ऊर्जा पाउन सक्छ । तर, सम्भावनाले मात्रै सफलता हासिल हुँदैन । सम्भावनालाई योजनाबद्ध प्रयासमार्फत उपलब्धिमा रूपान्तरण गर्नु आवश्यक छ । नेपालसँग हिमाल, पहाड, तराई, धार्मिक सम्पदा, ऐतिहासिक स्थल, जैविक विविधता र सांस्कृतिक सम्पत्तिको अनुपम भण्डार छ । सगरमाथादेखि लुम्बिनीसम्म, रारादेखि खप्तडसम्म र मुस्ताङदेखि कञ्चनजङ्घासम्म विश्वलाई आकर्षित गर्ने गन्तव्य प्रसस्त छन् । तर, पर्यटन प्रवद्र्धन र पर्यटन उत्पादनको व्यवस्थापनमा अझै धेरै काम गर्न बाँकी छ ।

विशेषगरी, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित निकायहरूले ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । विदेशमा आयोजना हुने प्रवद्र्धनात्मक कार्यक्रममा सहभागिता जनाउनुले मात्र पर्यटन विकासको मापन हुन सक्दैन । त्यसको प्रतिफल, प्रभाव र उपलब्धिको स्पष्ट मूल्याङ्कन हुनुपर्छ । नेपालको वास्तविक शक्ति गाउँमा रहेको मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य र स्थानीय आतिथ्यतामा छ । त्यसलाई विश्वसामु चिनाउने दीर्घकालीन रणनीति उत्तिकै आवश्यक छ । ग्रामीण पर्यटनको लाभ स्थानीय समुदायसम्म पुग्न सकेमात्र यसको अर्थ रहन्छ । मेलामा आउने पर्यटकले स्थानीय उत्पादन किन्ने, स्थानीय होटल तथा होमस्टे प्रयोग गर्ने, स्थानीय परिकार चाख्ने र हस्तकलाका सामग्री खरिद गर्ने वातावरण निर्माण गर्नुपर्छ । यसले किसान, घरेलु उद्यमी, महिला समूह र साना व्यवसायीको आम्दानी बढाउनेछ । पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्न सकिए गाउँमै रोजगारी सिर्जना हुनेछ र युवाहरूको पलायन कम गर्न पनि मद्दत पुग्नेछ । यसका लागि पूर्वाधार विकाससँगै पर्यटन प्रवद्र्धनमा ठोस ध्यान, स्पष्ट नीति र प्रभावकारी कार्यान्वयनमा ध्यानकेन्द्रित गर्नु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06