Opens in a new tab
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026
२०८३ कार्तिक १२, बुधबार
October 28, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नागरिकताको प्रतिलिपि अबदेखि जुनसुकै जिल्लाबाट लिन सकिने

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते
Sketch

काठमाडौं / नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिनका लागि अब नागरिकता जारी भएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ।

नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ तथा सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ अनुसार देशभरका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो।

नागरिकताको प्रमाणपत्र आगलागी, पानीले भिजेर वा च्यातिएर नष्ट भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा यो सुविधा उपयोग गर्न सकिनेछ।

गृह मन्त्रालयको २०८३ कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकामा अन्य जिल्लाबाट बसोबास गर्न आएका नागरिकको चाप व्यवस्थापन गर्न तीन जिल्ला प्रशासन कार्यालयलाई प्रदेशगत जिम्मेवारी तोकिएको छ।

- ADVERTISEMENT -

Advertisement

जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकलाई सेवा दिनेछ। जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले सेवा पाउनेछन् भने जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको अभिलेखसँग हुबहु मिलेमा सहज रूपमा प्रतिलिपि जारी गरिनेछ।

तर, अभिलेख नमिलेको, साविकको नागरिकताभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण संशोधन गरेर प्रतिलिपि लिन खोजिएको अथवा आवेदन शंकास्पद देखिएको अवस्थामा भने नागरिकता जारी भएको साविककै जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ।

नयाँ व्यवस्थाले नागरिकताको प्रतिलिपि लिन टाढाको जिल्ला धाउनुपर्ने बाध्यता कम गर्नुका साथै सेवाग्राहीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06