Opens in a new tab
२०८३ कार्तिक १३, बिहीबार
October 29, 2026
२०८३ कार्तिक १३, बिहीबार
October 29, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोटेकोशी बाढीमा रु ७९ अर्बको क्षति – आयोग

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते
AI / newsprabah

काठमाडौं / रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसाय÷प्रतिष्ठानतर्फ रु ७९ अर्ब १७ करोड बराबरको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको घरपरिवार तथा प्रतिष्ठानसँग सम्बन्धित सर्वेक्षणको प्रारम्भिक विवरणमा घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय÷प्रतिष्ठानतर्फ रु नौ अर्ब ६० करोड बराबरको क्षति भएको उल्लेख छ ।

सर्वेक्षणअनुसार आर्थिक क्षतिसम्बन्धी प्रारम्भिक विवरणमा घर भएको जग्गा ९आफ्नै स्वामित्वको० अन्तर्गत ५४ दशमलव ६५ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । जसमा घडेरीमा भएको क्षति रु १३ अर्ब २६ करोड र घर निर्माण लागत रु ११ अर्ब ९५ करोडको छ ।

बाढीका कारण तीन हजार ६१० परिवारको स्वामित्वमा रहेको ५०७ दशमलव ९७ हेक्टर क्षेत्रफल जग्गा जमिन अर्थात् रु ३५ अर्ब ४४ करोड बराबरको क्षति भएको छ । त्यसैगरी दुई हजार ९५१ परिवारको खेतबारीमा लगाएको बालीमा क्षति पुगेको छ । जुन रु २३ करोड २१ लाख क्षति हो ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी एक हजार ८७६ परिवारको भण्डारणमा रहेको खाद्यान्नमा क्षति पुग्दा रु १० करोड ४१ लाख बराबरको क्षति पुगेको छ ।

पशुपन्छीतर्फ एक हजार ११ परिवारले पालेको रु २१ करोड ४२ लाख बराबरका पशुपन्छीरमाछामा क्षति भएको छ ।

आयोगका अनुसार सवारीसाधनतर्फ एक हजार ११५ परिवारको रु एक अर्ब २४ करोड बराबरको क्षति भएको छ । साथै बहूमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुतर्फ दुई हजार ३३० परिवारको रु पाँच अर्ब दुई लाख बराबरको क्षति भएको छ ।

बाढीका कारण स्थायी प्रकृतिका ९टिकाउ हुने० घरायसी वस्तुमा पनि क्षति पुगेको छ । जसमा तीन हजार १८७ परिवारले रु एक अर्ब ४५ करोड बराबरको सम्पत्ति गुमाएका छन् ।

साथै अस्थायी प्रकृतिका ९टिकाउ नहुने० घरायसी वस्तुमा पनि दुई हजार ७६९ परिवारले रु ६६ करोड ३५ लाख बराबरको क्षति बेहोरेका छन् ।

आयोगका अनुसार बाढीका कारण कूल छ हजार ८१७ परिवार, ३२ हजार ८७२ जना व्यक्ति, ४९९ प्रतिष्ठान प्रभावित भएका थिए । पूर्ण क्षति भएका आवासीय संरचनाको सङ्ख्या दुई हजार ९८९ छ ।

प्रभावित घरपरिवारतर्फ धादिङमा ९४८, गोरखामा १०८, नुवाकोटमा तीन हजार ८४१ र सुवामा एक हजार ९२० सङ्ख्या छ । साथै प्रतिष्ठानतर्फ धादिङमा १०४, गोरखामा १५, नुवाकोटमा ३२३ र रसुवामा ५७ वटा प्रभावित भएका छन् ।

सर्वेक्षणमा अनलाइन एप र ट्याब्लेटसहित कर्मचारी परिचालन गरिएको थियो । जसमा चार जिल्लाका १५ स्थानीय तहमा ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.89
152.49
European Euro
1
169.21
169.88
UK Pound Sterling
1
202.24
203.04
Swiss Franc
1
183.34
184.07
Australian Dollar
1
106.71
107.13
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
118.50
118.97
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.67
41.84
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.36
41.52
Malaysian Ringgit
1
37.15
37.29
South Korean Won
100
11.44
11.49
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
492.91
494.86
Bahrain Dinar
1
402.62
404.21
Omani Rial
1
394.50
396.06