Opens in a new tab
२०८३ मंसिर ११, बिहीबार
November 26, 2026
२०८३ मंसिर ११, बिहीबार
November 26, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विशाल सोनी र अन्जु कुश्मीको प्रस्तुतिले नारायणी महोत्सवमा ततायो माहोल

प्रकाशित मिति : २०८३ मंसिर ११ गते
Photo : Bina Tamang / newsprabah

चितवन / दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा बुधबार चर्चित गायक विशाल सोनी र गायिका अन्जु कुश्मीले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । चिसो मौसम र जाडोको सिरेटोको समेत परवाह नगरी दर्शकले उनीहरूको प्रस्तुतिमा नाचगान गर्दै महोत्सवस्थललाई संगीतमय बनाएका थिए ।

गायक सोनीले ‘मकैबारी दर्याम दर्याम’, ‘टानाटान हानाहान स्याउली बजारमा’, ‘पछ्यौरी बेरिरहूँ’, ‘लगा लगा जोरका झट्का’ र ‘जुत्ता टल्किया’ लगायतका चर्चित गीत प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए । उनका गीतसँगै दर्शकहरू झुम्दै नाच्न थालेपछि महोत्सवस्थलको माहोल थप उत्साहपूर्ण बनेको थियो ।

त्यस्तै, गायिका अन्जु कुश्मीले पनि आफ्ना लोकप्रिय भोजपुरी तथा लोकशैलीका गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । उनले ‘पतली कमरिया मोर हाय हाय हाय’, ‘जालीदार चोलिया’, ‘लह लह झुलै धनवक बाली’, ‘हुक्का जरालेउ’, ‘अन्धरिया रातमे’, ‘सहर के लोगवा’, ‘सैयाँ मोर नाचै बजाके गाना डीजे’, ‘सैयाँ जी बडा बदमास’ र ‘बठिनिया बडा च्वाँक’ लगायतका गीत गाएर दर्शकलाई नचाइन् ।

उनका गीतमा युवायुवतीदेखि वृद्धवृद्धासम्मले नाचेर साथ दिएका थिए । चिसो हावाका बीच पनि दर्शकको उत्साहमा कमी देखिएन । कलाकारको प्रस्तुतिसँगै महोत्सवस्थलमा ताली, हुटिङ र नाचगानले रौनक थपिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै दर्शकको उल्लेख्य सहभागिता बढिरहेको छ । सांगीतिक कार्यक्रमका अतिरिक्त नारायणी कला मन्दिर नारायणगढका कलाकार तथा विभिन्न आदिवासी जनजातिका मौलिक सांस्कृतिक प्रस्तुतिले पनि महोत्सवको रौनक बढाइरहेका छन् ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा।लि।को आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव परिसरमा विभिन्न व्यापारिक स्टल, बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड तथा आकर्षक पिरामिड गेट दर्शकका थप आकर्षण बनेका छन् ।

आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार तथा आर्थिक गतिविधि प्रवर्द्धन गर्ने साझा उत्सवका रूपमा अघि बढाएको जनाएको छ । बाढीका कारण क्षतिग्रस्त बनेको नारायणी नदी किनारलाई आफ्नै लगानीमा सम्याएर तथा व्यवस्थापन गरेर महोत्सव सञ्चालन गरिएको आयोजकको भनाइ छ ।

महोत्सवमा सहभागी भई सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न आयोजकले चितवनसहित आसपासका जिल्लाका सर्वसाधारणलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.28
147.88
European Euro
1
161.12
161.78
UK Pound Sterling
1
192.35
193.13
Swiss Franc
1
176.52
177.24
Australian Dollar
1
96.72
97.11
Canadian Dollar
1
103.07
103.49
Singapore Dollar
1
113.98
114.44
Japanese Yen
10
9.24
9.27
Chinese Yuan
1
22.06
22.15
Saudi Arabian Riyal
1
39.26
39.42
Qatari Riyal
1
40.41
40.57
Thai Baht
1
4.31
4.33
UAE Dirham
1
40.10
40.26
Malaysian Ringgit
1
35.75
35.90
South Korean Won
100
10.96
11.01
Swedish Kroner
1
14.34
14.39
Danish Kroner
1
21.56
21.64
Hong Kong Dollar
1
18.79
18.87
Kuwaity Dinar
1
476.63
478.58
Bahrain Dinar
1
390.63
392.22
Omani Rial
1
382.54
384.09