भरतपुर । भरतपुर–११, लामाटोलमा रहेको विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाले माघ ११ गते २८५६औं सोनाम ल्होछार मनाउँदै छ । चन्द्र पात्रो अनुसार फग ल्हो (बँदेल वर्ग) विदाई गरी जीवा ल्हो (मुसा वर्ग) लाई स्वागत गर्दै मनाउने गुम्बाका अध्यक्ष शिवकुमारी लामाले बिहीबार पत्रकार सम्मेलनमा बताइन् ।
गुम्बाले ल्होछारको लागि भव्य तयारी गरिरहेको र विगत वर्षहरुमा यसपाली फरक तरिकाले मनाउने अध्यक्ष लामाको भनाइ छ । ल्होछारमा शुभकामना आदानप्रदान, गुम्बा परिसरमा निर्माण गरिएको नवनिर्मित मञ्च उद्घाटन गरिने उनले बताइन् । सो मञ्चका लागि ५ लाख खर्चेको उनको भनाइ छ ।
राष्ट्रिय लोकदोहोरी गायिका टिका सानु, मानसिंह खड्का तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छन् । बागमती प्रदेशका संसद मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उनले जानकारी गराइन् ।
लामाका अनुसार डेढ विगाह क्षेत्रफलमा स्थापना भएको सो गुम्बा निर्माणका लागि २७० घरधुरीको आर्थिक सहयोग रहेको छ । गुम्बामा आवद्ध सदस्यहरूबाटै रकम संकलन गरी मनाउने तयारी गरिएको अध्यक्ष लामाले बताए । सोही कार्यक्रममा गुम्बा निर्माणमा आर्थिक सहयोग गर्ने सहयोगी दातालाई सम्मान गरिने उनले बताइन् । लामाका अनुसार ल्होछारको लागि करिब ३ लाख खर्च हुने अनुमानत गरिएको छ ।
वि.सं. २०६४ सालमा स्थापना भएको सो गुम्बा स्थानीय आमा समूहका सदस्यहरुबाट थोरै थोरै रकम संकलन गरी निर्माण गरेको गुम्बाकी संस्थापक अध्यक्ष लालमति लामाले जानकारी गराइन् । गुम्बा स्थापनाकालदेखि हालसम्म महिलाहरुले नै नेतृत्व गर्दै आइरहेका छन् ।
- ADVERTISEMENT -

विश्व पञ्चशील गुम्बाद्वारा ल्होछारको तयारी तिब्र

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











