March 29, 2024

अमेरिकी राष्ट्रपति ट्रम्प दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

October 2, 2020

काठमाडौं / विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) एक पटक सबैलाई संक्रमण हुने विश्व स्वास्थ्य संगठनले घोषणा गरेका छन् । दिनप्रति यसको संक्रमण बढ्दो क्रममा छ । दिनहुँ लाखौंको संख्यामा संक्रमित पुष्टि भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रपति ट्रम्पले विभिन्न समयमा आफ्ना जनता लगायत देशवासीको नाममा कोरोना सामान्य रुघाखोकी तथा हाउगुजी भन्दै आएका छन् । हाल दुबै जना निवासमै क्वारेन्टिनमा रहेका छन् ।
दुवैको स्वास्थ्यमा अहिलेसम्म कुनै पनि खराबी नदेखिएको ट्रम्पका चिकित्सकको भनाइ छ । जोखिमको आधारमा भन्ने हो भने ट्रम्प कोरोनाको उच्च जोखिम भएको उमेर समूहमा पर्छन् । उनी ७४ वर्षका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -