March 29, 2024

भरतपुरको सहज जीत

February 3, 2020

नारायणगढ । क्याम्पाचौरमा जारी प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिगमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज विजयी भएको छ ।
त्यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा भरतपुरले माडीलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भरतपुरले दिएको १६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको माडी १४ ओभर २ बलमा मात्र ४८ रनमा अल आउट भयो ।
६ रनमा पहिलो र ६ रनमै दोस्रो विकेट गुमाएर खराब सुरुवात गरेको माडीको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । माडीका ५ जना ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किए । राम कृष्ण कार्कीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।
माडीको इनिङ ध्वस्त बनाउन भरतपुरका कृजन गुरुङ एक्लैले ५ विकेट लिए । कसिलो बलिङ गरेका कृजनले ४ ओभरमा जम्मा ११ रन मात्र दिए । यस्तै चन्दन ठाकुरले २ तथा कप्तान संघर्ष पौडेल र प्रतिश जिसीले समान १–१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछ । मंगलबाट पहिलो खेलमा बिहान ९ बजे भरतपुर गुर्खाज र सौराहा स्याण्ड्स तथा दिउसो १ बजे हुने दोस्रो खेलमा इच्छाकामना वारीयर्स र राप्ती ¥यापिड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधारीले जानकारी दिए ।
२५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख पाउने छन् । यस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -