२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते
सांकेतिक तस्बिर ।

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला बुधबार संखुवासभाको किमाथांका नाका पुगेका प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्लामात्रै भएको दाबी गरेका हुन्।
चीनसँग जोडिएको किमाथांका नाका, सीमा सुरक्षाका लागि स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी, ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमनसहितका कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका ओलीले हल्लाको पछि नलाग्न पनि आग्रह गरे। कुनै पनि हालतमा आफूले प्रधानमन्त्रीबाट राजीनामा नगर्ने दोहो¥याएका उनले रहरले प्रधानमन्त्री नभएको तर्क गरे। जनताले छानेर पठाएको प्रधानमन्त्री भएको जिकिर गर्दै उनले भने, ‘देश विकासबाट पछि पनि हट्दिनँ र राजीनामा पनि दिन्नँ।’
पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने धारणा राख्दै ओलीले भने, ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न।’ महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कसैले छाड भन्दैमा र चाहना हुँदैमा पद छाडेर हिंड्न नमिल्ने उनको तर्क थियो। अहिले पार्टीभित्र केही समस्या देखिए पनि विभाजनसम्म नपुग्ने ओलीले दाबी गरे। ‘५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै अहिले यहाँसम्म पुगेको छ, अब कसैले चाहँदैमा पार्टी फुट्न दिइन्न,’ ओलीले भने।
नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफलै नगरी आफूखुसी अघि बढेको भन्दै सचिवालयका बहुमत सदस्यले बैठक राख्न उनलाई आग्रह गर्दै आएका छन्। तर ओलीले त्यसलाई बेवास्ता गर्दा नेकपाभित्रको विवाद तीव्र बन्न पुगेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ओलीलाई बिहीबारसम्म बैठक राख्न दोस्रो पटक समय दिएका छन्।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संघीय सांसद राजेन्द्र गौतम, परशुराम मेघी गुरुङसहितका नेता संखुवासभाको किमाथांका सशस्त्र प्रहरीको बिओपीको निरीक्षण, कोसी करिडोर र अरुण तेस्रो जलविद्युत् आयोजनाबारे जानकारी लिएर बुधबार नै काठमाडौं फर्किएका छन्। नागरिक दैनिकले समाचार लेखेकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20