रत्ननगरमा फेला पारिएको बम सेनाद्वारा डिस्पोज

0
113
फोटो : खबर तरंग ।

रत्ननगर / पूर्वी चितवनको रत्ननगर टाँडीचोकमा निर्माणाधिन आकासे पुलमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले बम फेला परेको ५ घण्टापछि डिस्पोज गरेको आइतबार ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
प्रनाउका अनुसार बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको अवस्थामा फेला परेको बताए । एकाबिहानै आकाशे पुलमा नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवस भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याइएको अवस्थामा तीन वटा संङ्कास्पद वस्तु फेला परेको थियो ।
शंकास्पद वस्तु भेटिएपछि पुल वरपर आवतजावत बन्द गरिएको थियो ।