२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमित विश्वभर साढे २३ लाख, नेपालमा ३१ पुग्यो

प्रकाशित मिति : २०७७ बैशाख ७ गते

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस आइतबारसम्म विश्वभर २३ लाख ३१ हजार ९ सय ५६ जना कोरोना संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । संक्रमित मध्ये ५ लाख ९७ हजार २ सय १७ जना निको भई घर फर्केका छन् । कुल १ लाख ६० हजार ७ सय ६७ जना कोरोनाका कारण ज्यान गुमाएका छन् ।
यस्तै कोरोना भाइरसबाट थप एकजनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुने ३१ जना पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ६५ वर्षीय पुरुषमा भाइरसको संक्रमण देखिएको हो ।
नेपालमा कोरोना संक्रमितहरु मध्ये तीनजनालाई निको भएको छ भने दुई जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
उपचारपछि निको भएकी एक युवती टेकु अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमार्डौ निवासी ती युवतीको लगातार चार पटकसम्म गरिएको परीक्षणमा नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । उनलाई अस्पतालले फूलमालासहित विदाई गरेको छ ।
उनी कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित भएर उपचारपछि निको भएर घर फर्किने दोस्रो व्यक्ति बनेकी छन् । यसअघि एक ६५ वर्षीया महिला निको भई घर फर्केकी हुन् ।
कतार एयरको विमानमा फ्रान्सबाट दोहाहुँदै काठमाडौं आएकी उनकी भियतनामी साथीलाई संक्रमण भएपछि उनको स्वास्थ्य परीक्षण गर्दा उनमा पनि संक्रमण पाइएपछि अस्पताल भर्ना गरिएको थियो ।
चैत्र ९ गते काठमाण्डौको शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना भएकी उनमा १० गते कोरोना पुष्टि भएको थियो । २७ दिनसम्म उपचार गरेर स्वस्थ भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिएका हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13