२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

शुभारम्भ खेलमा चितवनको शानदार जित

प्रकाशित मिति : २०७६ आश्विन ४ गते

भरतपुर । चितवन भेन्ट्रान फुटबल क्लब चितवनद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेन्ट्रान कप–२०७६’ शनिबारबाट भरतपुरको गेष्टहाउसमा सुरु भएको छ ।

भेन्ट्रान कप कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेकी हुन् । कार्यक्रम बोल्दै प्रमुख दाहालले देश निर्माण, समग्र राष्ट्रको विकास, भरतपुर महानगरपालिकाको विकास यहाँको समृद्धिसँगसँगै सम्पूर्ण खेलाडी तथा युवाहरुको महत्वपूर्ण भूमिका हुने बताइन् । खेलकुदका विकास लागि भरतपुर महानगरपालिकाले भौतिक विकास मात्र नभई मानवीय विकास पनि सँगसँगै अघि लैजानेमा जोड दिएको उनले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अरुण पीडित भण्डारी, अखिल नेपाल फुटबल संघ चितवनका अध्यक्ष कृष्ण कार्कीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

शुभारम्भ खेलमा आयोजक चितवन (निलो)ले हेटौंडा भेटेरानलाई ३–१ गोल अन्तर पराजित गरी बिजयी सुरुवात गरेको हो । चितवनको तर्फबाट खेलमा राजकुमार श्रेष्ठ, मदन दराई र लेखराम गुरुङले १–१ गोल गरेका थिए । हेटौंडाका लागि प्रशान्त पाख्रिनले एक गोल मात्र गर्न सफल भए । खेलको ‘म्यान अफ द म्याच’ चितवन भेन्ट्रानका मदन दराई घोषित भएका थिए ।

विजयी टिमले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँमा पाउने आयोजकले जनाएको छ । प्रत्येक दिन ‘म्यान अफ द म्याच’ले एक हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले नगद ५–५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने भेन्ट्रानका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए ।

भेन्ट्रान कप प्रतियोगिता असोज ४ देखि ७ गतेसम्म संचालन हुने उक्त खेलमा भारतका २ टिमसहित १६ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20