२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

भेटेरान कपको सेमिफाइनल समिकरण पूरा

प्रकाशित मिति : २०७६ आश्विन ७ गते

भरतपुर । भरतपुर गेष्ट हाउसमा जारी ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’को प्रतियोगिता अन्तर्गत सोमबार ४ खेलको सेमिफाइनल समिकरण पूरा भएको हो ।
उक्त प्रतियोगिताको पहिलो खेलमा झापा भेटेरानले रुपन्देही भेटेरान बुटवललाई २–० गोल अन्तरले विजयी भएको छ । फाइनल प्रवेशका लागि झापाले आयोजक चितवन रातोसँग भिड्ने छ ।
त्यसैगरी दोस्रो खेलमा चितवन रातोले देहरादुन एफ सि भारतलाई ५–१ को भारी गोल अन्तरले हराएको थियो । चितवनको जितमा रविन्द्र श्रेष्ठले ह्याट्रिक गरेका थिए । उनले खेलको सातौं, दशौं, पैंतिसौं मिनेटमा गोल गरेका थिए । यस्तै चक्र पुनले २७ र ३७ औं मिनेटमा गरी २ गोल हान्न सफल भएका थिए ।
यसैगरी अर्को खेलमा रोयल भेटेरान दार्जिलिङले चितवन भेटेरान नीलोलाई ५–१ ले पराजित गरेको थियो । दार्जिलिङका पाल्देन भुटिया (पिटर) ले खेलको १४औं, १५औं र ३६औं मिनेटमा गोल गरे । यस्तै बी बन्तवाले २५ तथा प्रनव घोसले ४७औं मिनेटमा गोल गरे । चितवन नीलोको लागि मदन दराईले एक मात्र गोल गर्न भ्याए । फाइनल प्रवेशका लागि दार्जिलिङले टि भेटेरान ललितपुरको सामना गर्नेछ ।
प्रतियोगिताको अन्तिम खेलमा टि बर्गर ललितपुरले नाइट किङ काठमाडौंमा १–० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । टि बर्गरको जितमा राजेश लेप्चाले खेलको ३३ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
भोलि मंगलबार बिहान ७ः३० बजे रोयल भेटेरान दार्जिलिङ र टि बर्गर ललितपुर तथा ८ः३० बजे झापा भेटेरान र चितवन भेटेरान रातो बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल भोलि दिउँसो ३ बजे हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेताले ५० हजार ५ सय ५५ रुपैँयामा चित्त बुझाउनेछ । प्रत्येक दिन म्यान अफ म्याचले एक हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले नगद ५–५ हजार प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66