नारायणगढ । पाइला फिल्मस्को ब्यानरमा निर्मित गुरुङ चलचित्र ‘मि न्होर्बै ट’ भोलि (बिहीबार) देखि तीनसम्म प्रदर्शन हुने भएको छ । चलचित्रमा मिस चितवन–२०१७ की बिजेता सुमन गुरूङले नायिकको भूमिकामा डेब्यू गर्दैछिन् ।
भरतपुर महानगरपालिका १ रामनगर स्थायी घर भएकी सुमनले पहिलो पटक चलचित्रमा काम गर्ने मौका पाए पनि आफ्नै जातको संस्कार संस्कृतिबारे धेरै जान्ने बुझ्ने मौका पाएको बताइन् ।
लमजुङको गिलुङ र टक्सारमा छायांकन गरिएको चलचित्र ‘मि न्होर्बै ट’ यसअघि लमजुङको बेसीसहर, घलेगाउँ र पोखरामा प्रदर्शन भइसकेको छ ।
गुरूङ समुदायमा प्रचलित मौलिक एवम् पौराणिक संस्कृति घाँटु नाचलाई मुख्य कथा बनाइएको चलचित्रका कार्यकारी निर्माता एवम् पाइला फिल्म् प्रालिका प्रमुख आश गुरूङले जानकारी दिए । ‘पुरानो मौलिक संस्कृति घाँटु नृत्यलाई चलचित्रमा झल्काउन खोजिएको छ,’ उनले भने, ‘यो नृत्य रजस्वला हुनुपूर्वका बालिकाहरूलाई नचाइने हुँदा यस चलचित्रलाई नारीप्रधान चलचित्रको रूपमा हेर्न सकिन्छ ।
गुरूङ समुदायमा आधारित चलचित्रहरूमध्ये मि न्होर्बै ट उत्कृष्ट चलचित्र रहेको निर्माण पक्षको दाबी छ । ‘घाँटु नृत्य जातीगत हिसाबले गुरूङ समुदायको मौलिक संस्कृति भए पनि राष्ट्रकै गहना भएकोले यसको संरक्षण गर्ने दायित्व राज्यको पनि हो,’ चलचित्रका अभिनेता आमिर गुरूङले भने, ‘किनकि भोलि यो संस्कृति लोप भयो भने राष्ट्रकै एउटा गहना हराउँछ, त्यसैले यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्छ ।’ कूल ३७ लाखमा निर्माण भएको चलचित्रमा सुमन गुरूङसँगै खेमराज घले, पवित्रा गुरूङ, सुमित गुरूङ, रोश्नी गुरूङ, धर्मदेव घले, अमिर गुरूङ, विवेक गुरूङलगायतका कलाकारहरूको मुख्य भूमिका देख्न सकिन्छ ।
उमानसिंह गुरूङ (माओत्सेतुङ)को लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई बुद्धकुमार गुरूङ, राजकुमा गुरूङ र आमिर गुरूङ (नेदरल्याण्ड)ले निर्माण गरेका हुन् । चलचित्र मि न्होर्बै ट भोलि ९ गते जलमा हलमा, १० गते रामपुरमा र ११ गते नारायणी कला मन्दिरमा प्रदर्शन गर्न लागेको हो ।
- ADVERTISEMENT -

‘मि न्होर्बै ट’ बाट डेब्यू गर्दै मिस चितवन सुमन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10













