२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगर फलफूलले मनायो प्रथम स्थापना दिवस

प्रकाशित मिति : २०७६ आश्विन ९ गते

भरतपुर । भरतपुर महानगर फलफूल तथा तरकारी बजारले प्रथम स्थापना दिवस मनाएको छ । प्रमुख अतिथि चितवन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य कानुन तथा न्याय मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पानसमा दियो बालेर कार्यक्रम शुभारम्भ गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले कुनै निजी क्षेत्रले गर्ने काम गर्ने सन्दर्भमा नेपालमा विरलै पाइने, राज्यको भावनात्मक सहयोग मात्र भएको, तरकारी बजारका व्यवसायीले गर्नु भएको यो काम अति सराहनीय भएको बताए । यस बजारको लागि सडकबत्ती, पुङ्गी खोलाको पुल निर्माणलगायत अरु सबै खाले सहयोगको लागि सम्बन्धित ठाउँमा पहल गर्ने उनले प्रतिबद्धता जनाए । यस बजारको स्थापनाले हजारौं मानिसले रोजगार पाएको छ, यो यात्रालाई निरन्तरता दिन र साथ सहयोगको लागि हामी जनप्रतिनिधि सधैं तयार भएको उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथिहरु उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रमुख जिल्ला कृषि ज्ञान केन्द्रका राजन ढकाल, जलदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर थापा, उ.वा.संघ चितवनका निवर्तमान वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, चितवनका केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
त्यस्तैगरी जिल्ला ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघका अध्यक्ष हरिबहादुर थापा, समाजसेवी प्रशान्त पिया, चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष यज्ञप्रसाद सुवेदी, फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटा, सिद्धि विनायक साकोसका अध्यक्ष पुरुषोत्तम गौतम, तरकारी तथा फलफूल ढुवानी मजदुर युनियनका अध्यक्ष ओमलाल थिङलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न किसिमबाट बजारलाई सहयोग पु¥याउने स्टलका संचालकहरुलाई प्रमुख अतिथि पोखरेलले प्रशंसापत्र, मायाको चिनो प्रदान गरिएको थियो । महानगर फलफूल तथा तरकारी बजारले प्रमुख अतिथिलाई मायाको चिनो उपहार स्वरुप दिएको थियो ।
कार्यक्रम कृषि प्रबर्धन बजार विकासका प्रबन्ध संचालक थिरप्रसाद धिताल ‘कृष्ण’ले संचालन गरेका थिए । बजार गत वर्ष असोज १ गते लायन्सचोकबाट भरतपुर–२ क्षेत्रपुरमा स्थानान्तरण भएको धितालले जानकारी गराए । कार्यक्रम बजार विकासका अध्यक्ष शालिकराम घिमिरको सभापतित्वमा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41