नारायणगढ । नारायणगढ, बालकुमारीरोडस्थित ‘सम्पूर्ण किताब घर’को आयोजनामा ‘सिकाउने शैली’ पुस्तकमाथि बिहीबार नारायणगढमा छलफल भएको छ । उक्त छलफलमा पुस्तकमा शिक्षाविद् खगराज बरालको शैक्षिक जीवनका अनुभव र अनुभूतिहरु समेटिएका छन् ।
लेखक बरालले चितवन तथा नवलपरासी जिल्लाका शैक्षिक व्यक्तित्वहरुको उपस्थितिलाई सम्बोधन गर्दै पुस्तकमा मुलुकको शैक्षिक क्षेत्र सुधारका लागि अनेक सपना र सम्भावनाका प्रसङ्गहरु उल्लेख गरिएको बताए ।
बालबालिकाको क्षमता, उमेर, समाज तथा राष्ट्रका आवश्यकताअनुसार पाठ्यक्रममा समसामयिक परिवर्तन हुनु जरुरी भएको उनको भनाइ छ ।
उक्त कार्यक्रममा पुस्तकका सन्दर्भमा बोल्दै शिक्षाविद् रमाकान्त सापकोटाले भने – ‘सिकाउने शैली’ पुस्तकले विषयवस्तुलाई सांकेतिक रूपमा सन्दर्भ मिलाएर पाठ्यक्रममा समेट्नुपर्ने कुरा सिकाएको छ ।’
लेखक बराल विद्यालय शिक्षकदेखि नेपाल सरकारको शिक्षा सचिवसम्म भएका छन् । उनी अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव छन् ।
कार्यक्रममा नगर शिक्षा अधिकारी सीताराम कोइराला, शिक्षा विकास तथा समन्वय इकाई शाखाका प्रमुख भूमिलाल सुवेदी, नारायणी माविका प्राचार्य पूर्णप्रसाद दवाडी, बालकुमारी माविका नारायणबहादुर थापा, बालकुमारी कन्या माविका हेरम्बकुमार असीम, अन्नपूर्णा माविका बटुकलाल तामाङ, आदिकवि भानु माविका बिष्णु सापकोटा तथा शैक्षिक व्यक्तित्वहरु श्रीप्रसाद ढुङ्गाना, टीकाराम रेग्मी, बालकृष्ण थपलिया, लक्ष्मी बराल, गणेशप्रसाद पौडेल, मनोज विक्रम बिष्ट, खगराज पौडेल लगायतको उपस्थिति थियो ।
- ADVERTISEMENT -

‘सिकाउने शैली’ को समीक्षा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.07
148.67

European Euro
1
173.54
174.24

UK Pound Sterling
1
199.33
200.14

Swiss Franc
1
187.63
188.39

Australian Dollar
1
104.57
104.99

Canadian Dollar
1
106.98
107.41

Singapore Dollar
1
116.23
116.70

Japanese Yen
10
9.30
9.33

Chinese Yuan
1
21.69
21.77

Saudi Arabian Riyal
1
39.46
39.62

Qatari Riyal
1
40.62
40.78

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
40.31
40.47

Malaysian Ringgit
1
37.34
37.50

South Korean Won
100
9.97
10.01

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
23.23
23.33

Hong Kong Dollar
1
18.91
18.98

Kuwaity Dinar
1
483.26
485.22

Bahrain Dinar
1
392.76
394.35

Omani Rial
1
385.10
386.66












