भण्डारा । राप्ती नगरपालिका वडा नं ७ घडेरी डाँडामा रहेको सांघ छेवाङ टासी बौद्ध गुम्बाद्वारा ङ्युङने (मौन ब्रत) सम्पन्न गरिएको छ । असोज १८ गतेदेखि शुरु भएको ङ्युङने धर्मगुरु पाल्देन तामाङको नेतृत्वमा तीन दिनसम्म संचालन भएको हो । अकालमा मारिएका प्राणीहरुको उद्धार तथा मुक्ति हुन्छ भन्ने विश्वासका साथ गरिएको छेवाङ टासी बौद्ध गुम्बाको ब्यवस्थापन समितिको अध्यक्ष राजेश तामाङले बताए ।
मानिसहरुले दशैंको बेला पर्वका नाममा लाखौं पशुपछीहरुको वली दिने भएकाले ती प्राणीहरुको आत्माले चिरशान्ति प्राप्त गरोस् भनेर फापा चेङरेसी (आर्य अवातालोकेश्वर) को बन्दना गर्ने अध्यक्ष तामाङको भनाइ छ ।
बौद्धधर्म अनुसार यसरी एकपटक निराहार मौन ब्रत बस्दा ४० कल्पसम्मका क्लेश (पापकर्म) कट्टी भई मानव जीवनमा जन्म हुन्छ भन्ने विश्वास छ । बौद्ध धर्मावलम्बीहरु तामाङ, गुरुङ, शेर्पा, थकाली एवम् हिमाली समुदायहरु लगायत दशैंका बेला प्रत्येक वर्ष तीन दिन ङयुङने (मौन ब्रत) बस्ने तामाङले जानकारी दिए ।
त्यसैगरी राप्ती नगरपालिका वडा नं ४ मा रहेको थेग्छेन ग्याछोलिङ् बौद्ध गुम्बा तथा कोको म्हेन्धो साप्ताहिक समूहले पनि धर्म गुरु पेमा संगे लामाको अगुवाइमा ङ्युङने कार्यक्रम राखेको गुम्बाका अध्यक्ष चेतबहादुर लामाले बताए ।
३ दिने मौन ब्रत गत असोज १८ गते साँझ जम्मा भई १९ गते सोक्छ्योङ (एक छाके खाना), २० गते कुक्प्पा (निराहार मौन ब्रत) २१ गते पुजापाठसँगै गुरुबाट वाङ (अभिषेक) गरी सबैलाई खादा ओढाई समापन भएको थियो ।
दुबै कार्यक्रममा मकवानपुर र चितवन लगायतका विभिन्न स्थानहरुबाट ११५ जनाभन्दा बढी लामा, आनी, ज्योमो, ब्रतालु उपासक, उपासिकाहरुको सहभागिता रहेको साँघ छेवाङ टासी बौद्ध गुम्बाको ब्यवस्थापन समितिको अध्यक्ष राजेश तामाङले बताए ।
October 9, 2019
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -